काठमाडौं– वीर अस्पतालले निजामती सेवा दिवसको अवसर पारेर सिंहदरबारमा दुई दिने स्वास्थ्य शिविरको आयोजना गरेको छ।
आज र भोली गरेर दुई दिनसम्म चल्ने शिविरमा विशेषज्ञ चिकित्सकहरु समेत रहेका छन्। शिविरमा मधुमेह विशेषज्ञ र मुटु रोग विशेषज्ञसहितको टोली रहेको वीर अस्पतालका निर्देशक डा भुपेन्द्र बस्नेतले बताए।
शिविरमा सिंहदरबारका कर्मचारीको निशुल्क सुगर तथा मुटुको जाँच गरिने छ।