काडमाडौं – डाक्टरहरुको आन्दोलप्रति अमेरिका, बेलायत, न्युजिल्याण्ड र अष्ट्रेलियामा रहेका संस्थाहरुले पनि ऐक्यवद्धता जनाएका छन्।
नेपालको स्वास्थ्य क्षेत्रमा काम गर्दै अाएका यी चारवटा देशका संस्थाले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै ऐक्यवद्धता जनाएका हुन्।
मुलुकी अपराध संहिता ऐन २०७४ मा रहेको इलाज सम्बन्धी कसुरलाई लिएर डाक्टरहरु आन्दोलित छन्। नोपल चिकित्सक संघको अगुवाईमा भइरहेको विरोधमा उनीहरुले ऐक्यवद्धता जनाएका हुन्।
नयाँ कानुनमा उल्लेख गरिएको चिकित्सा सम्बन्धी कानुनको कार्यान्यनले चिकित्सक र स्वास्थ्य सेवामा कार्यरत कर्मचारीलाई त्रासको वातावरण बनाउने उनीहरुको दावी छ। यसले गर्दा उपचारमै प्रभाव पर्ने विज्ञप्तिमा उल्लेख छ।
यस्तै सरकारले कानुन संशोधन गरेर समाधानको बाटो निकाल्ने उनीहरुको विश्वास छ।