कठमाडौं– संघीय ढाँचाका विभिन्न तह र तप्काका सागंठनिक संरचनामा शाखा, उपशाखा र इकाइ प्रमुख हेल्थ असिस्टेन्ट हुनुपर्ने भन्दै हेल्थ असिस्टेन्ट संघ नेपालले स्वास्थ्य मन्त्रालयमा ज्ञापन पत्र बुझाएको छ। स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री डा सुरेन्द्र यादवलाई भेटी ज्ञापन पत्र बुझाइएको हो।
संघले प्रमुखमा शाखा, उपशाखा र इकाइ प्रमुख पदीय जेष्ठताको आधारमा हेल्थ असिस्टेन्ट हुनुपर्ने र हे.अ. वा सो सरह भन्ने ठाउँमा न्युनतम शैक्षिक योग्यता प्राप्त गरि लोकसेवा आयोगको प्रक्रियाबाट कम्तिमा पाचाौं तहमा सेवाप्रवेश गरेको हे.अ.( ५, ६ र ७ )भनेर स्पस्ट उल्लेख गर्नुपर्ने माग राखेको छ।
नेपाल स्वास्थ्य सेवा हे.ई.समुह अन्तर्गतका हे.अ. र सि.अ.हे.व. पदमा बिगत २ दशकदेखि नै विवाद रहँदै आएको भन्दै यसरी समाधान खोज्न संघले सुझाएको छ। हाल प्रस्ताव गरिएको संगठानिक संरचनामा स्थानीय तहमा रहने पदमा हे.अ.÷सि.अ.हे.व.वा सो सरह भनिएको छ । त्यसलाई सच्याउन उनीहरुले माग राखेका हुन्।