मनाङ - नेपाल स्वयंसेवी रक्तदाता समाजको मनाङ जिल्ला शाखा गठन गरिएको छ। समाजका केन्द्रिय अध्यक्ष प्रेमसागर कर्माचार्यको उपस्थितीमा मुखिया एन लामाको अध्यक्षतामा जिल्ला तदर्थ समिति गठन गरेको हो।
विहीबार ङावलमा बसेको स्थानीय जनप्रतिनिधि तथा सामाजिक अगुवाहरुको भेलाले गठन गरेको शाखामा अध्यक्ष लामासहित कृष्ण लामा, सोनाम घले, टासी गुरुङ, नुमनाथ उपाध्याय, बृषे घले, लोप्साङ्ग गुरुङ, क्ष्युँदा गुरुङ, ताता गुरुङ, वाङ्गेल घले र भिम तामाङ सदस्य रहेका छन्।
कार्यक्रममा केन्द्रय अध्यक्ष कर्माचार्यलाई हिमाली भेगको स्थानीय पोशाक बख्खु लगाएर सम्मान गरिएको छ।