विचार/ब्लग

बालबालिकाको तनाव बुझौँ, डिप्रेशन भएको हुनसक्छ

 

पछिल्लो समयमा नेपाल मानिसको मृत्युको प्रमुख कारणको रुपमा आत्महत्या बन्दै गएको छ।  विश्वको तथ्यांक हेर्ने हो भने देशमा मृत्युको मुख्य कारण भने दुर्घटना हो। नेपालम बढ्दै गएको आत्महत्याको पनि प्रमुख कारण भने डिप्रेशन अर्थात् दुख हुनु अझ भनौँ नैराश्यता हो भन्छन् चिकित्सकहरु।

नैराश्यता भन्ने वित्तिकै हामी ठूला मानिस मात्र  सोच्ने गर्छौँ। चिन्ता ठूला मानिसलाई मात्र हुन्छ किनकि विभिन्न पारिवारिक, सामाजिक, पेशागतलगायतका विभिन्न कारणले मानिसलाई चिन्तामा पुर्‍याउछ  भन्ने धेरैलाई लाग्न सक्छ। तर हामीले हाम्रा साना नानीहरुको चिन्ता, उनीहरुको तनावबारे सोचेका छौँ ?

चिन्ताको सामना गर्न नसकेपछि त्यसबाट भाग्नलाई मानिसले आत्महत्याको बाटो रोज्छ। हामी बालबालिकाले आत्महत्या गरेका थुप्रै घटना सुनेका छाँै । उनीहरुको तनाव,चिन्ताका बारे कुरा गर्ने हामै कतव्र्य हो।

आत्महत्या अन्तिम उपाय होइन। यो गलत तरीका हो। जिन्दगीको समज नभएका बालबालिका जसले राम्रोसँग दुनियाँ बुझेका छैनन् उनीहरुलाई आत्महत्या गर्नुपर्ने अवस्थाबाट जोगाउन बालबालिकाको चिन्ता, तनावलाई बुझौँ। 

डिप्रेशन उपचार गरे निको हुन्छ। पूर्ण रुपमा डिप्रेशनबाट मुक्त हुनु सकिन्छ भनेर पछिल्लो समय मनोचिकित्सक, समाजिक अभियन्ताहरु जनचेतना मूलक कार्यक्रममा सक्रिय भएको देखिन्छ। 
यो सकारात्मक पक्ष  हो। तर यसो गर्दैगर्दा हामीले सोचेका र्छौँ  हाम्रा बालबालिकालाई डिप्रेशन हुन्छ वा हुन्न?

बालबालिका अदान हुन्छन्। उनीहरुले आफ्ना मनमा लागेको खुसी वा दुख देखाउन व्यक्त गर्न सक्दैनन्। तर उनीहरु पनि गम्भीर किसिमको डिप्रेशनको शिकार भएको हुनसक्छन्।

बालबालिकालाई डिप्रेशन हुनु कारण, कसरी थाहा पाउने भन्ने विषयमा स्वास्थ्यखबरकी कल्पना पौडेलले कान्ति बाल अस्पतालका बाल मनोरोग विशेषज्ञ डा अरुण कुवँरसँग कुराकानी गरेकी छिन्। डा कुँवरले व्यक्त गरेको बिचार उनकै शब्दमा :


ठूला मानिसलाई जस्तै बालबालिकालाई पनि डिप्रेशन हुन्छ। ठूला मानिसले जस्तो उनीहरुले आफुलाई डिप्रेशन भएको थाहा पाउन सक्दैन। 

अभिभावकले उनीहरुको व्यवहारमा भएको परिवर्तनलाई ध्यान दिइरहनुपर्छ। बच्चालाई तनाव भएको बेला उनीहरुको व्यवहारमा फरकपन देखिनसक्छ। 

- रमाइलो नमान्ने
- चिट्चिटाहट हुने
- रिसाउने, 
- रोइरहने
- झिझिने
- एक्लै बस्ने
- मर्ने वा मर्ने विषयका कुनै पनि खाले कुरा गर्नेजस्ता व्यवहार देखिएमा अभिभावक सचेत बन्नुपर्छृ।

बच्चाहरुलाई डिप्रेशन हुनुमा विभिन्न कारकत्व हुन्छन्। घरको वातावरण, विद्यालयको वातावरण, साथीभाईसँगको वातावरण, वंशाणुगत कारणले पनि उनीहरुलाई डिप्रेशन हुन सक्छ।

घरमा अभिभावकबीच हुने झगडा, मनमुटावले बालबालिकामा गम्भीर असर परेको हुन्छ। मकहाँ १२ वर्षको बच्चा उपचार गराइरहेका छन्। उनले घरमा अभिभावकको झगडाको कारण आत्महत्या गर्ने सोचाईमा पुगेको बताएका  थिए। बुवाले आमालाई पिट्ने, आफुलाई पनि पिट्ने, आमा कराइ रहने कारण उनी गहिरो तनावमा पुगेका थिए। उनको अहिले उपचार भइरहेको छ। 

पछिल्लो समय प्रविधिको प्रयोग तिव्र वृद्धी भएको छ। अभिभावकहरु सानै उमेरदेखि बच्चालाई मोवाइल, ट्यावलेट, कम्प्युटर,ल्यापटप उपलब्ध गराउँछन्। बच्चाले सानै उमेरबाट इन्टरनेटको दुनियाँ देख्छन्। पछिल्लो समय साइबर बुलिङले अर्थात अश्लिल फोटोमा फोटोसप गरी जिस्काउने, विद्यालयमा शिक्षक शिक्षिकाको व्यवहारले पनि बच्चालाई तनाव हुन्छ। जसको कारण विद्यालय जान नमान्ने, डराउने व्यवहार गर्न थाल्छन्।

कसैलाई वशाणुगत कारण हुनसक्छ। परिवारका पहिलेका सदस्यहरु डिप्रेशन पिडित भएको भए बच्चामा हुने सम्भावना हुन्छ। 

समयमा थाहा पाएमा उनीहरुको उपचार, परामर्शबाट निको पार्न सकिन्छ। बच्चाको उपचार गर्दा उनीहरु मात्र नभई आमाबुवालाई पनि सँगै राखेर सोध्ने, परार्मश गर्नुपर्छ। हामीले बच्चा उपचारका लागि आउदाँ घर, विद्यालय र साथीभाईसँगको वातावरणबारे सोध्नुपर्छ। सबै कुरा ध्यानमा राखेर   उपचार गर्नुपर्छ। ठूलो मान्छेको जस्तो जस्तो सजिलो हुन्न उपचार गर्दा। कान्ति बाल अस्पतालमा पछिल्लो समय आफ्ना बच्चाको व्यवहारहरु चासो दिएर उपचारका लागि अभिभावकको संख्या बढिरहेको छ।

पछिल्लो छ महिनामा डिप्रेशन भएका १७ बालबालिका उपचारका लागि आएका छन्। 

किशोरावस्था प्रवेश नगरेका बालबालिकामा बराबर रुपमा डिप्रेशन देखिन्छ  भने किशोवस्था प्रवेश गरेपछि महिलाहरुमा बढी देखिन्छ। यो हर्मोनको कारण हो। 

औषधि सुरु गरेपछि  ठूला मानिसले जस्तै छ देखि एक वर्षसम्म औषधि खानुपर्ने हुन्छ। औषधि सेवन नबिराई गर्नुपर्छ। बिचमा छोड्ने खाने गर्दा रोग निको हुनुको साटो पुनः दोहोरिन्छ  र फेरि सुरुबाट औषधि खानुपर्ने हुन्छ।

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने