काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालयले हरेक महिना स्वास्थ्य विद्यमान र नयाँ बन्ने नीति रणनीति परिमार्जन गर्न विभिन्न क्षेत्रका विज्ञसँग छलफल गर्न सुरु गरेको छ।
स्वास्थ्य मन्त्रालयका धेरै कार्यक्रम प्रदेश र स्थानीय तहमा गएकाले सोही अनुसारका नीतिरणनीति र कार्यक्रम बनाउन सहज होस् भनेर ‘पोलिसि डायलग’ नाम दिई गत साउनबाट यस्तो छलफल सुरु गरिएको मन्त्रालय जनाएको छ।
मन्त्रालयले स्वास्थ्यको कतिपय रणनीति नीतिजस्ता, कतिपय नीति पनि रणनीतिजस्ता, कुनै ठूलो विषयमा कुनै नीति नै छैन भने कुनै सानो विषयमा पनि नीति रणनीति भएको अवस्था रहेकाले त्यसलाई परिमार्जन गर्न पोलिसी डायलगले सहयोग जनाएको छ।
स्वास्थ्य मन्त्रालयका नीति, योजना महाशाखा प्रमुख विकास देवकोटाले मन्त्रालयले स्वास्थ्यको क्षेत्र फराकिलो भएको र हरेक समय जनतासँग जोडिने विषय भएकाले यसखाले छलफल आवश्यकता महसुस गरेको बताए।
गएको साउन र भदौमा औषधि खरीद प्रणाली र वितरण र औषधिको नियमण र गुणस्तर कस्तो भन्ने विषयमा छलफल गरेको बताए।
उनले भने, ‘हामीले सो छलफलको क्रममा उठेका विषयहरुलाई केन्द्रदेखि प्रदेश तथा स्थानीय तहमा औषधिको सहज खरीद, गुणस्तर, सहज र नियमनमा ध्यान दिन सहयोग भएको छ ।’
नेपालका हरेक स्वास्थ्यका समाचारहरु औषधि र जनशक्तिमा केन्द्रित हुने भएकाले पहिलो विषय औषधि छानिएको बताइएको छ।
यसैबिच, गत साता मात्रा भारतमा भएको विश्वस्वास्थ्य संगठनको क्षेत्रीय सम्मलेलको मन्त्रीस्तरीय राउण्ड टेवलमा पनि ‘दक्षिणपूवी एसियामा अत्यावश्यक औषधि र औषधिजन्य प्रदार्थको पहुँच कसरी बढाउने’ भन्ने विषयमा पनि छलफल भएको थियो।
औषधिको विषय दक्षिणपूर्वी एसियाकै समस्या भएकोले साझा एजेण्डा बनाएर अगाडि बढ्ने विषयमा सहमति भएको छ । नेपालका तर्फबाट उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव, स्वास्थ्य सचिव र डा देवकोटाले भाग लिएका थिए।
उक्त सम्मेलनमा सहभागी भएका डा देवकोटाले भने, ‘उक्त छलफलमा एसियामा विभिन्न देशहरुका साझा फर्मास्यूटिकल्सहरुको को साझा सूची बनाई, समान औषधिको सूची बनाउने, एउटा साझा आकस्मिक कोष बनाउने जसलाई विपद् पर्दा औषधि आवश्यक पर्दा सहयोग गर्ने भन्ने विषयमा सहमति भइ काम सुरु भएको छ।’
त्यसको कारणले गर्दा नेपालले पनि अर्को देशसँग सिधै सस्तोमा गुणस्तरीय औषधि किन्न सहयोग पुग्ने विश्वास मन्त्रालयको छ । सो क्षेत्रीय सम्मेलनमा नेपालमा ट्रकोमा र रुवेलामा सफलता हासिल गरेको भन्दै प्रमाणपत्रसहित सम्मान गरिएको थियो।