डडेल्धुरा- डडेल्धुराको सदरमुकाममा रहेको अमरगढी नगरपालिकालाई पूर्ण खोप सुनिश्चित भएको नगरपालिका घोषणा गरिएको छ। नगरप्रमुख विश्वेश्वरप्रसाद ओझाले नगरपालिकालाई पूर्ण खोप सुनिश्चित भएको नगर घोषणा गरेका हुन्।
राष्ट्रिय खोप तालिकाअनुसार नगरका सबै बालबालिकाले एक वर्षभित्रमा खोप लगाइसक्नु पर्ने घोषणा गरिएको छ। जन्मेको १६ दिनदेखि २३ महीनाका सबै बालबालिकाले १५ महीना उमेरभित्र पूर्ण खोप लगाएको हुँदा नगरलाई पूर्ण खोप सुनिश्चित गरिएको अमरगढी नगरपालिकाका पूर्ण खोप समन्वय समितिका सदस्य–सचिव लोकराज पनेरुले बताए। रासस