विश्व स्वास्थ्य

मैले बिर्सिसकेको त्यो गर्भपतन

मरिसा मेल्टजर

त्यतिबेला म २४ वर्षकी थिएँ, जतिबेला मैले आफू गर्भवती भएको थाहा पाएँ । के निर्णय गर्ने भनेर अन्योलमा थिएँ म । मेरो महिनावारी रोकिएको मलाई पत्तै भएन । मैले गर्भ निरोधक चक्की खान छोडेकी थिएँ । मेरो महिनावारी पहिलादेखि नै नियमित थिएन । मैले जब वान्ता गर्न थालेँ, मलाई आफू गर्भवती भएको अलिकति हेक्का भएन । 

मलाई लागेको थियो– त्यो क्यान्सरको लक्षण होला वा अरु कुनै रोगको । 

मैले कसरी आफ्नो प्रेग्नेन्सी टेस्ट गराएँ ? कता, के, कसरी मलाई केही सम्झना छैन । म यति मात्र सम्झिन्छु, मैले घरमै टेस्ट गर्दा पनि पार नलागेपछि बाहिर जानुको अर्को विकल्प थिएन ।

मसँगै बस्ने प्रेमीसँग मेरो यौनसम्पर्क हुन्थ्यो तर म गर्भनिरोधक चक्कीबारे गैरजिम्मेवार थिएँ। 

मेरो महिनावारी नभएको एक महिना भन्दा बढी भइसकेको थियो अनि मलाई घरी–घरी वाकवाकी लाग्ला जस्तो हुन्थ्यो । 

प्रेग्नेन्सी इन्डिकेटरमा पोजिटिभ देखायो । म गर्भवती रहेछु । के निर्णय गर्ने भन्ने भयो । एउटा मात्र विकल्प थियो, त्यो हो मैले गर्भपतन गर्नुपर्ने । मैले एक साँसमै आफ्नो प्रेमीलाई गर्भवती भएको सुनाएँ र परिवार नियोजनमा गएर अपोइन्टमेन्ट मिलाउँछु भनें।

उसको भित्री प्रतिक्रिया कस्तो थियो मलाई थाहा भएन । उसले टाउको हल्लाउँदै मलाई अंकमाल ग¥यो । म २४ की थिएँ र मलाई बच्चा चाहिन्छ या चाहिन्न भन्नेमा अन्योल थियो । मैले जीवनको ठूलो निर्णय कसरी लिउँ र के गरुँ भनेर गहिरिएर सोचें। 

म गर्भपतनको बारेमा कमै भन्छु । मेरी एक साथी (जो एकदम नजिक त होइन) उसले मलाई आफूले हालसालै मात्र गर्भपतन गराएको कुरा सुनाई र मलाई सोधी– तिमीले कहिल्यै गराएकी छौ ?

मैले भनें, ‘धेरै पहिले ।’

मुखमा गाँजर चपाउँदै सहज हुने प्रयास गर्दै थपें, ‘तर यो चाहिँ सत्य हो । त्यो दुःखको निर्णय थिएन।’

यस्तो सुन्दा कस्तो नराम्रो सुनिन्छ होला तर त्यही थियो म गर्भवती हुनु भनेको । मलाई केही कुरा चाँडो भन्दा चाँडो निप्टाउनु थियो र जति चाँडो त्यो समस्या सल्टाउनु थियो । मैले यसो सम्झिँदा अरु महिलाहरुलाई पनि यस्तै महसुस हुन्छ भन्ने थाहा छ तर मैले उनीहरुका कथा कहिल्यै सुनेको छैन । यदि तपाईं केही गर्भपतनका कथा पढ्नुहुन्छ भने तपाईं त्यहाँ पछुतो महुसस गरेका कथा हुन्छन् ।

मैले आफ्नो निर्णय केही एक दुईजना साथीहरुलाई सुनाएँ(परिवारमा बाहेक)। मैले आमालाई भनेको भए सायद सहयोग गर्नुहुन्थ्यो होला । किनकी उनले परिवारमा नियोजन सम्बन्धीमा काम गरिसकेकी थिइन् । त्यो बेला म सानै थिएँ । सबैभन्दा गाह्रो समय त त के थियो भने दुई हप्ताको समयमा भएको थियो । जब मैले आफू गर्भवती भएको थाहा पाउनु र अपोइटमेन्टका लागि धाउनु । 
म एउटा नारीवादी पत्रिकामा काम गर्थें । मेरो अस्वाभिवक रुपमा परिवर्तन भइरहेको बानीलाई धेरैले मलाई बुलिमिया भएको भनी टिप्पणी गरिरहेका थिए । बुलिमिया भनेको फुड डिसअर्डर हो, यो हुँदा  मानिसले धेरै खाने कुरा खाइरहेको हुन्छ।

 मैले आफ्नो प्रेमीसँग गेम खेल्दै गर्भवास्थामा रात बिताइरहेको हुन्थँे । म नुहाउँदै गर्दा भनेको सम्झन्छु– मैले भनेको म गभर्वती छ,ु म गर्भवती छु ,म गर्भवती छु ।
 मलाई त्यही शब्द दोहोर्‍याइ तेहर्‍याइ भन्न मन लागिरहेको थियो। जतिबेलासम्म म आफूलाई त्यो विश्वास दिलाउन सक्दिन।

 जब गर्भपतनका लागि डाक्टर भेट्ने दिन आयो, मैले थाहा पाएँ म ८ हप्ताको गर्भवती रहेछु र अब गर्भपतनको चक्की लिन एकदम ढिला भइसकेको थियो । र, मैले केही दिनपछि क्लिनिकल प्रक्रियाको लागि आउनुपर्‍यो । मैले मेरो प्रेमीलाई वेटिङ रुपमा बस्न भनिन, मेरो काम सकिएपछि लिन आउनु भनेर बोलाएकी थिएँ । 

नर्सले मलाई सोधी, ‘फेरि गर्भवती नहुन भविष्यमा के गर्ने प्लान बनाउनु भएको छ ?’

मैले उनलाई विश्वस्त बनाएँ कि अबदेखि पिल्स खानको लागि टाइमर सेट गर्नेछु। 

एकछिन पछि मलाई इन्जेक्सन दिन एक नर्स आइन् । उनले मलाई सहयोग गरिदिने तरिकाले हात समाइन् । तर मैले ‘पर्दैन’ भन्ने संकेत गरें । मलाई कसैको त्यहाँ साथ सहयोग चाहिएको थिएन । रिकभरी रुममा मैले स्याउको जुस अनि बिस्कुट खाएँ, जुन खाजा म स्कुलमा खान्थेँ। 

त्यसपछि एकदम ठूलो महिनावारीको प्याड पेन्टीमा लगाएर म घर पुगें र आरामको लागि बेडमा पल्टेँ ।

 जब म उठेँ, मेरो साथी रेविकाले मलाई घरमै बनाएको बनाना बे्रेड र तात्तातो सुप तयार पारिसकेकी थिई। उसलाई  कस्तो हेरचाह चाहिन्छ भन्ने राम्ररी थाहा छ । केही त्यस्तो खाना जसमा कार्बोहाइडे«ट होस् । मैले सुप राख्नको लाागि कचौरा धोएँ, जुन मेरो प्रिय कचौरा हो । म त्यसमा अरु कसैलाई खान दिन्न।

 त्यो गर्भपतनको बारेमा मैले त्यसवर्षभरी सम्झिएँ, खुबै याद दिलाइरह्यो। तर, मुख्य कुरा के भने कुनै पनि मेडिकल फिल्डमा ‘अहिलेसम्म कतिवटा गर्भपतन गराएकी छौ’ भन्ने प्रश्नमा जहिल्यै पनि त्यो कुरा लेख्न बिर्सिन्छु।

गर्भपतन गराएको १६ वर्ष पुगेको छ र म अहिले ४१ वर्षको भएँ । मैले अब प्रजनन्को लागि मैले ढोका बन्द गरिसकें।  मैले जीवनमा अरु केही गरिन, केवल अर्को गर्भपतनको रोक्नको लागि। मैले आफ्नै बच्चा भएको कुरा कहिल्यै चाहिनँ।

 मलाई थाहा छ, मेरो यो यथार्थ हो । त्यसपछि म कसरी अगाडी बढें, त्यो मलाई मात्र थाहा छ । अमेरिकाका धेरै महिला अझै पनि ४५ वर्षको उमेरसम्म गर्भपतन गराइरहेका हुन्छन् । म सम्झन्छु गर्भपतन गराउनुलाई अधिकारका रुपमा लिइन्छ । यसलाई सजिलोको रुपमा लिइन्छ । जुन जतिबेला पनि गराउन सकिन्छ । गर्भपतनले मलाई मेरो जीवनमा केही परिभाषित त गरेन तर यसले मेरो प्रौढ अवस्थालाई अर्कोतर्फ मोड्यो, जुन मैले कहिल्यै कल्पना समेत गरेकी थिइनँ। 

- न्युयोर्क टाइम्समा छापिएको मरिसाको अनुभूति बुनु थारुले अनुवाद गरेकी हुन्। (तस्बिर पनि)

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live