कान्दाहार - अफगानिस्तानमा एक चौध महिने बालकमा पोलियो रोग देखा परेको छ। अफगानिस्तानको दक्षिण प्रान्त कान्दाहारको प्रान्तीय राजधानी कान्दाहार शहरबाट कैयौँ किलोमिटर उत्तरमा पर्ने इलाकामा एक बालकमा पोलियोको भाइरस रहेको देखिएको हो।
अफगानिस्तानमा यस वर्षको सुरुदेखि हालसम्म ११ जनामा पोलियो रोगको भाइरस देखापरेको सार्वजनिक स्वास्थ्य अधिकारीले मङ्गलबार जानकारी दिएका छन्।
प्रान्तीय राजधानी कान्हादार सहरकबाट उत्तरमा पर्ने एक क्षेत्र लोया वियालीमा एघार महिनै एक बालकमा सो रोग देखापरेको प्रान्तीय स्वास्थ्य निर्देशक अब्दुल कयुम पाख्लाले जानकारी दिए।
कान्दाहार शहरबाट कैयौँ किलोमिटर उत्तरमा पर्ने लोया वियालीमा खुल्ला शौचालयको प्रयोग हुने र सफा पानीको पनि अभाव भएको कारण सो रोग देखापरेको सरकारी अधिकारी जानकारी दिएका छन्।
गत अगस्तको सुरुमा नै 11 संगठन (डब्लूएचओ) र युनिसेफको अफगानिस्तानभरी सुरु गरेको पोलिया विरुद्धको खोपकोे अभियानमा अफगान सार्वजनिक स्वास्थ्य मन्त्रालयले पनि सहयोग गरेको थियो।
पाँच दिनसम्म चलेको यस अभियानमा पाँच वर्षभन्दा मुनिका नौ लाख ९० बालबालिकालाई पोलियो विरुद्धको खोप लगाइएको थियो। रासस