काठमाडौं– स्वास्थ्य मन्त्रालय र चिकित्सहरुबीच भएको सहमति अनुसार नै मुलुकी अपराध संहिता ऐन संशोधन प्रस्ताव दर्ता भएको छ।
केही समयअघि नेपाल चिकित्सक संघसँग मन्त्रालयले गरेका पाँच बुँदे सहमतिअनुसार सरकारले संशोधन प्रस्ताव बिहीबार संघीय संसदको माथिल्लो सदनमा पेश गरिएको हो । राष्ट्रिय सभामा कानुन मन्त्रालयले तयार गरेर विधायन व्यवस्थापन समितिले तयार गरेको प्रतिवेदन पेश भएको हो।
राष्ट्रिय सभा अन्तर्गतेको उक्त समितिका सभापति पशुराम मेघी गुरुङले मुलुकी संहिता संशोधनका लागि प्रतिवेदन टेबल गरेका हुन् । राष्ट्रिय सभाको अर्को वैठकमा उक्त विधेयकमाथि छलफल हुनेछ।
छलफलपछि समितिले पारित गर्नेछ । राष्ट्रिय सभावाट पारित भएपछि उक्त संशोधन प्रस्ताव प्रतिनिधि सभामा पेश हुनेछ । राष्ट्रिय सभाको समितिबाट उत्पति भएको विधेयक भएकाले केहीदिन छलफलपछि एक सातामा पारित भएर संशोधन हुनेछ।