काठमाडौं- ललितपुर महानगरपालिका वडा नं. २२ र गाेदावरी नगरपालिकाकाे वडा नं. ९ का १० गाउँलाई निवारणीय अन्धाेपन मुक्त क्षेत्र घाेषणा गरिएको छ।
उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, अप्रेसन अाइसाइड युनिभर्सल क्यानडाका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत एलि वेन्डलीले संयुक्तरूपमा घाेषणा गरेका हुन्।
गाेदावरी नगरपालिकाकाे वडा ९ का ढाईछाप र सुन्तलाघारी तथा ललितपुर महानगरपालिकाकाे वडा २२ का महादेवस्थान,भण्डारी टाेल,चारघरे, अनन्त मार्ग, डाँडागाउँ, चुनिपाखा, गैरीगाउँ र लप्टन गाउँलाई निवारणीय अन्धाेपन मुक्त क्षेत्र घाेषणा गरिएको हाे।
नेपाल अाँखा अस्पताल र अप्रेसन अाइसाइट युनिभर्सल क्यानडाकाे सहकार्यमा ती क्षेत्रमा निवारणीय अन्धाेपन मुक्त क्षेत्र घाेषणा गरिएकाे नेपाल अाँखा अस्पतालका प्रमुख कार्यकारी अधिकृत दमनबहादुर घलेले जानकारी दिए।
विगत दुई वर्षदेखि काठमाडौं उपत्यकाका टाेखा, साँखु, थानकोट र खाेकनामा पनि निवारणीय अन्धाेपन मुक्त क्षेत्र घाेषणा गर्ने लक्ष्य सहित 11 संगठनकाे मापदण्डअनुसार हस्पिटल वेस कम्युनिटि अाइ हेल्थ प्राेग्राम सञ्चालन हुदै अाएकाे प्रमुख कार्यकारी अधिकृत घलेले बताए।
अपरेसन अाइसाइड युनिभर्सल क्यानडाका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत एलि वेन्डली अागामी दिनमा अाँखा स्वास्थ्यकाे क्षेत्रमा मिलेर काम गर्ने बताए । उनले सन् २०१९काे अन्त्यसम्ममा काठमाडौं का सय गाउँलाई निवारणीय अन्धाेपन मुक्त क्षेत्र घाेषणा गर्ने लक्ष्य रहेकाे बताए ।