रामेछाप – रामेछापको सालुमा अब मिर्गौला जाँच्ने क्लिनिक सञ्चालन हुने भएको छ।
वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा.ऋषि कुमार काफ्लेले क्लिनिक सञ्चालनमा आउन लागेको जानकारी दिएका छन् ।
मालश्री काफ्ले मेमोरियल ट्रष्टले मन्थली नगरपालिका– २ सालु, रामेछापमा सञ्चालित सेतीदेवी उच्च माध्यमिक विद्यालयमा अध्ययनरत विधार्थीहरुलाई मालश्री छात्रवृत्ति, मालश्री अवार्ड तथा एसइइ उत्तीर्ण विधार्थीहरुलाई अभिनन्दन कार्यक्रममा त्यसबारे जानकारी गराएका हुन्।
कार्यक्रममा ट्रष्टकी अध्यक्ष श्रीमती निलीमा काफ्लेले विद्यार्थीहरुलाई केही हदसम्म भएपनि अध्ययनमा उत्साह जगाउने उदेश्यले विगत ४ बर्षदेखि यस्तो कार्यक्रम गर्दै आएकी बताइन्।