विश्व स्वास्थ्य

अरिंगालको विष क्यान्सरसँग लड्नसक्ने हतियार : अध्ययन

 मिसेल राेबट्स

एजेन्सी– ब्राजिलमा अरिंगालको विष क्यान्सरसँग लड्नसक्ने हतियारको रुपमा विकास गरिएको वैज्ञानिकहरुले बताएका छन्।

प्रयोगशालामा गरिएको अध्ययन अुनसार उक्त विषले क्यान्सर कोषिकाहरुलाई मार्नुका साथै साधारण कोषिकाहरुलाई पनि कुनै हानी गर्दैन। युनिभर्सिटी अफ ब्राजिलको टिम भन्छ, ‘प्रयोगात्मक थेरापीले ट्यमुरको कोषिकाहरुलाई मजबुत बनाउँछ।’

यो अध्ययन अहिले सुरुवाती स्टेजमा छ। यस विधि मानिसमा सुरक्षित छ की छैन भन्नका लागि अझै धेरै अध्ययनहरुको आवश्यकता पर्ने खोजमा संलग्न वैज्ञानिकहरु बताउँछन्।

‘पोलिबिया पाउलिस्टा’ नामक अरिंगाल एकदमै आक्रामक अरिंगालमध्येमा पर्छ। जुन, दक्षिण–पूर्वी ब्राजिलमा पाइन्छ। यसको चिलाई राम्रो मानिँदैन। तर, वैज्ञानिक भने यसलाई राम्रो कामको लागि प्रयोग गर्न सकिने दाबी गर्छन्। यस प्रजातिको अरिंगालमा एउटा महत्वपूर्ण विष हुन्छ। जसलाई, ‘एमपिवन’ भनिन्छ। यो विष किराहरुले आफ्नो आहाराका लागि शिकार गर्दा प्रयोग गर्छन् भने कतिपयले भने प्रतिरक्षा क्षमताको लागि पनि प्रयोग गर्ने गर्दछन्।

हालसालकै यो अध्ययन मुसामा गरिएको थियो। जसले क्यान्सरका कोषिकाहरुलाई नष्ट गर्ने बताउँछ। प्रोफेसर जो रगिरो नेट्टो तथा उनका सहकर्मीले अध्ययन गरेर यो पत्ता लगाएका हुन्। ‘एमपिवन’ र बोसो अणुहरु सम्पर्कमा आइरहेका हुन्छन्। जुन क्यान्सर सेल्सको सतहमा असामान्य रुपमा बाँडिएको हुन्छ भन्ने पत्ता लागेको छ। यसले सिर्जना गर्ने प्वालहरुले कोषिकाको महत्वपूर्ण कार्यलाई लिक हुनबाट बचाउँछ।

बायोफिजिकल जर्नलका वैज्ञानिकहरुका अनुसार स्वास्थ्य कोषिकामा त्यही अणुहरु लुकेर बसेका हुन्छन्। यसको अर्थ स्वास्थ्य तन्तुलाई ‘एमपिवन’को आक्रमणबाट बच्नुपर्ने हुन्छ।

युनिभर्सिटी अफ लिड्सका सह–शोधकर्ता डा पौल बिल्स भन्छन्, ‘क्यान्सर थेरापी जसले सेल झिल्लीको लिपिड संरचनालाई आक्रमण गरेमा नयाँ प्रकारका क्यान्सर विरोधी औषधिहरु तयार हुनेछन्।’ ‘यसबाट नयाँ समिश्रणका थेरापीहरु विकास गर्न सकिन्छ। जहाँ, धेरै औषधिहरु एकैसाथ प्रयोग गरेर शरीरका विभिन्न भागका क्यान्सर कोषिकाहरुलाई एकैचोटी उपचार गर्न मिल्नेछ’, उनी भन्छन्।

क्यान्सर रिसर्च युकेकी विज्ञान विभागकी सूचना अधिकारी डा ऐनी म्याककार्थीका अनुसार यो सुरुवाती स्टेजको रिसर्चले हामीले के बुझ्न मद्दत गर्छ भने प्रयोगशालामा कसरी यो ‘ब्रजिलियन’ अरिंगालले क्यान्सर कोषिकालाई मार्ने रहेछ।

तर, जसरी यो चाखलाग्दो अध्ययन फेला परेको छ। त्यति नै मात्रामा यस सम्बन्धमा धेरै भन्दा धेरै काम गर्न जरुरी छ। र, यो औषधिले साँच्चिनै नै क्यान्सरका बिरामीहरुलाई लाभदायक हुन्छ कि हुन्न भनेर स्वास्थ्य परीक्षण गर्न जरुरी छ। (बिबिसीबाट अनुवाद गरिएकाे)

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने