चितवन– डोल्पा जिल्ला अस्पतालकी स्टाफ नर्स तारा कुमारी बोहोरा उत्कृष्ट नर्स भएकी छिन् । उनलाई पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले चितनवनमा आयोजित समारोहमा स्वास्थ्य खबर हेल्थ अवार्ड प्रदान गरेका छन्।
बोहोरा पश्चिम तराईको कञ्चनपुरमा जन्मिइन् । कैलालीमा हुर्किइन् । लोकसेवाबाट स्टाफ नर्समा उत्तीर्ण भएपछि उनले हिमाली जिल्ला डोल्पा रोजिन् । हिमाली जिल्लाको स्वास्थ्य सेवाबारे धेरथोर जानकार तारालाई केही गरेर देखाउन सकिने हुटहुटीले डोल्पा डोर्याएको थियो।
तर, डोल्पा पुग्नेबित्तिकै उनले बिरामीको होइन, आफैं थला परेको जिल्ला अस्पताल डोल्पाको उपचारमा खटिनुप¥यो । उनले दुर्गममा स्वास्थ्यकर्मी जान मान्दैनन् भन्ने सुनेकी थिइन् । अरु नमाने पनि म जान्छु भन्ने हिम्मतका साथ २०७० साल भदौमा लोकसेवाबाट स्थायी रुपमा स्वास्थ्य सेवामा प्रवेश गरेपछि उनी यहाँ पुगेकी थिइन्।