चितवन– सगरमाथा अञ्चल अस्पतालमा कार्यरत डा चुमनलाल दास उत्कृष्ट डाक्टर भएका छन् । उनलाई पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पक कमल दाहाल प्रचण्डले एक समारोहमा स्वास्थ्य खबर हेल्थ अवार्ड २०७५ प्रदान गरेका छन्।
सरकारी अस्पताल अस्तव्यस्त हुनुलाई स्रोतको कमी ठान्नेहरु पाइलैच्छिे भेटिन्छन् । तर, डा. चुमनलाल दासको मान्यता फरक छ । उनी भन्छन्, ‘स्रोत होइन, सोचको कमी हो ।’ सोचले स्रोत जुटाउन सकिने उनको अनुभवले बताउँछ।
दूरदराजको सरकारी स्वास्थ्य संस्थाको बेहाल भयो भने स्वास्थ्य मन्त्रालयका उच्चपदस्थ अधिकारीले सम्झिने नाममध्ये एक हो डा. चुमनलाल दास । उनको छवि नै यस्तो बनेको छ कि जुन अस्पतालमा सरुवा भएर पुग्छन्, त्यहाँको अवस्थामा कायापलट ल्याउँछन्, ल्याउँछन्।
२०४३ सालमा पहाडी जिल्ला ओखलढुंगाको च्यानम हेल्थ पोष्टबाट स्वास्थ्य सेवा थालेका उनी केही महिनाअघि मात्रै राजविराजस्थित सगरमाथा अञ्चल अस्पताल पुगेका छन् । दुई नम्बर प्रदेशकै भरोसा बन्नुपर्ने अस्पतालको अवस्था झन्–झन् खस्किँदो रहेपछि ‘डा चुमनलाल कार्ड’को प्रयोग गरिएको हो । उनी त्यहाँ पुगेको तीन महिना मात्रै पुगेको छ तर सुधारका सकारात्मक संकेतहरु देखिन थालिसकेका छन् । अस्पतालको भौतिक अवस्था परिवर्तन भइरहेको छ, डाक्टरहरु थपिइरहेका छन् । स्वभाविक रुपमा बिरामीको चाप बढ्दो छ । केही समयमै महसुस हुनेगरी परिवर्तन देखाउने उनले लक्ष्य लिएका छन् । वर्षौंदेखिको अव्यवस्थालाई व्यवस्थित गर्न सहज भने उनलाई भइरहेको छैन।
सरकारी अस्पताल यतिविघ्न अस्तव्यस्त हुनुलाई स्रोतको कमी ठान्नेहरु पाइलैच्छिे भेटिन्छन् । तर, डा. दासको मान्यता फरक छ । उनी भन्छन्, ‘स्रोत होइन, सोचको कमी हो ।’ सोचले स्रोत जुटाउन सकिने उनको अनुभवले बताउँछ।