समाचार

फर्मासिस्ट दिवस मनाइदै

स्वास्थ्यखबर

काठमाडौं- आज विश्व फर्मासिस्ट दिवस विविध कार्यक्रम गरि मनाइदै छ। 'फर्मासिस्ट : तपाईको औषधि विशेषज्ञ' भन्ने मुल नाराको साथ् विश्वभर विभिन्न कार्यक्रम गरि यो दिवस मनाइदै छ। नेपालमा पनि दिवसका अवसरमा देशका विभिन्न सहरमा कार्यक्रम भइरहेको छ।

बिरामीको उपचारको निम्ति जति डाक्टरको भूमिका हुन्छ त्यति नै महत्वपूर्ण भूमिका फर्मासिस्टको पनि हुन्छ हुन्छ भन्ने सन्देश दिने नारा यसवर्ष तय गरिएको हो।

विश्व फार्मेसी दिवसको अवसरमा आज काठमाडौँ सहित विराटनगर, नेपालगञ्ज र बीरगञ्ज लगायतका स्थानमा विभिन्न कार्यक्रम गरी यो दिवस मनाइदै छ।

दिवसकै अवसरमा काठमाडौँ विश्वविद्यालय फोरम फर फार्मेसीले विभिन्न कार्यक्रमहरु गरेको छ। जसअनुसार सोमबार (हिजो) बडी मास ईन्डेक्स मापन गर्ने, रगतमा चिनीको मात्रा मापन गर्ने, ब्लड प्रेशर मापन गर्ने, चिनी रोग लागेको विरामीहरुले ईन्सुलिन ईन्जेक्सन कसरी दिने साथै खानपान र व्यायाममा कसरी ध्यान दिने लगाएत जनचेतनामुलक प्रशिक्षण दिएको थियो।

उक्त कार्यक्रममा काठमाडौं विश्वविद्यालय केन्द्रीय क्याम्पस धुलिखेलमा अध्यनरत विद्यार्थी, शिक्षक, स्थानीय बासिन्दाहरु सहभागी थिए।

यसैगरी कलेजमा सोमबार नै फार्मेसी विभागका व्याचलर तहमा अध्यनरत विद्यार्थीहरुबीच स्लोगन लेख्ने, फार्मा कार्टुन बनाउने प्रतियोगिताको आयोजना गरिएको थियो।

यसैबीच दिवसको अवसर पारी लेट्स वाक फर द वयलफेर अफ फार्मेसी प्रोफेसन भन्ने मूल नाराको साथ काठमाडौँ विश्वविद्यालय परिसर धुलिखेलमा प्रभातफेरी भएको छ।

प्रभातफेरीमा हरेक अस्पतालले आफ्नै फार्मेसी संचालन गर्नु पर्ने नियम कार्यान्वयनमा लिएर आउनुपर्ने, औषधि बिक्री फर्मासिस्टले मात्र गर्नुपर्ने, गुणस्तरीय स्वास्थ्य सेवा फार्मेसीको टेवा, अवैध औषधि पसल बन्द गर, ईजाजत प्राप्त फार्मेसिस्ट र फार्मेसीबाट मात्र औषधि लिने बानि बसालौ लगाएतका नाराहरु लेखिएको पप्लेट सहित विद्यार्थीहरु सहभागी भइको विश्वविद्यालयका फर्मासिस्ट निरज बर्तौलाले जानकारी दिए।

दिवसका अवसरमा सर्पको टोकाईबाट हुने मृत्यु र यसबाट बच्ने उपाएको बारमा छोटो डकुमेन्ट्री प्रदरर्शन र स्वास्थ्य क्षत्रमा फर्मासिस्टको भूमिकाको बारेमा हस्पिटल फर्मासिस्टहरुसंग अन्तरक्रियात्मक कार्यक्रम पनि आयोजना गरिएको बर्तौलाले बताए।

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live