समाचार

नेपाल फार्मेसी संघ बाँकेले यसरी मनायाे फर्मासिस्ट दिवस

स्वास्थ्यखबर

बाँके- विश्व फर्मासिस्ट दिवसका अवसरमा आज नेपाल फार्मेसी संघ,बाँकेले विश्व फर्मासिस्ट दिवस विभिन्न कार्यक्रम गरी मनाएकाे छ। संघले प्रभातफेरी तथा रक्तदान कार्यक्रम अायाेजना गरेकाे छ।

विहान ७ बजे  निकालियएको  'फर्मा वाक ¥याली'  नेपालगन्जको बि.पि. चोकबाट भेरी हस्पिटल हुँदै चारबाहिनीबाट औषधि व्यवस्था विभाग शाखा कार्यालयमा पुगि कोण सभामा परिणत भएकाे थियो।

कोण सभा समापनपछि रक्तदान कार्यक्रम पनि गरिएको थियो। करिब ५० जनाले सो अवसरमा रक्तदान गरेका थिए।

कोण शभाको अध्यक्षता फार्मेसी संघ बाँकेका अध्यक्ष श्री सुरेन्द्र डफगरले गरेका थिए।

कार्यक्रममा बोल्ने विभिन्न वक्ताहरुले  सरकारले सधै फर्मासिस्टलाई उपेक्षित गरेको भन्दै स्थानिय तहमा फर्मासिस्टको दरबन्दी गरि जहाँ औषधि त्यहाँ फार्मासिस्टको अबधारणा अनुसार अगाडि बढ्नुपर्नेमा जाेड दिए। 

फर्मासिस्ट प्रविण तिमिल्सेनाले कार्यक्रममा फार्मेसी अध्ययनरत विद्यार्थी, विभिन्न निकायमा कार्यरत फर्मासिस्ट गरी करिब ४०० जना फार्मासिस्ट्को सहभागिता रहेकाे बताए।

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live