मुख्य समाचार

प्रदेश ७ को स्वास्थ्य प्रवद्र्धन तथा शिक्षा संघको अध्यक्षमा पन्त

स्वास्थ्यखबर

धनगढी -प्रदेश ७ को स्वास्थ्य प्रवद्र्धन तथा शिक्षा संघको अध्यक्षमा कृष्णदत्त पन्त चयन भएका छन्।

संघको मंगलबार बसेको बैठकले पन्तको अध्यक्षतामा सात सदस्यीय तदर्थ समिति गठन गरेको हो। जसको उपाध्यक्षमा केशवराज जोशी, सचिवमा रमेश राज भण्डारी, सहसचिवमा देवराज पनेरु, कोषाध्यक्षमा जानकी पराजुली मिश्र रहेका छन भने सदस्यमा पदम राज पन्त चयन भएका छन्।

त्यस्तै, डाक्टर गुणराज अवस्थी, डाक्टर लक्ष्मीराज जोशी र नरेन्द्रसिंह कार्कीलाई सल्लाहकार समितिमा चयन गरिएको छ । नवगठित तदर्थ समितिले संघको विधान अनुरुप थप सदस्य मनोनित गर्न सक्ने व्यवस्था रहेको छ। संघको भेलाले संघ र प्रदेश स्तरमा समन्वयकारी तथा संयोजनकारी भुमिका निर्वाह गरी प्रदेशको तदर्थ समितिलाई संस्थागत विकास तथा दिगोपना कायम गर्न केन्द्रीय महासचिव हेमराज खडकालाई जिम्मेवारी दिने निर्णय गरेको छ।

विश्व परिवेश तथा 11 संगठनको दिगो विकास लक्ष्यले समेत स्वास्थ्य प्रर्वद्धन अहिलेको नया जनस्वास्थ्यका रुपमा स्थापित गरि सोही बमोजिम स्वास्थ्यका लक्ष्य तथा नीति रणनीति बनी मानसिक रोगको रोकथाम गर्ने महत्वपूर्ण भुमिका निर्वाह गरिरहेको परिवेशमा स्वास्थ्य तालिम केन्द्रनै खारेजी गरेको अवस्थामा यो समुह प्रदेश स्तरमा गठन गर्नु परेको अध्यक्ष पन्तले बताए।

केन्द्रीय महासचिव हेमराज खडकाको अध्यक्षतामा भेला भएको थियो। भेलालाई सम्बोधन गर्दै महासचिव खडकाले अब स्वास्थ्य प्रर्वद्धन तथा तालिम केन्द्र संघिय व्यवस्था अनुरुप नै प्रदेश तथा स्थानिय तहसम्म व्यवस्थीत गर्नुपर्ने आवश्यक रहेको बताए।

उनले हाललाई अन्य तालिम केन्द्रहरु जस्तै गरेर स्वास्थ्य तालिम केन्द्र पुनः स्थापित गर्नुको विकल्प नरहेको बताए। उनले भने ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र संघीय मामिला तथा प्रशासन मन्त्रालयले तत्काल सो दरबन्दी कायम गर्नुको विकल्प छैन ।’ उनले गठित समितिले प्रदेशमा स्वास्थ्य प्रर्वद्धन संस्थागत गर्न तर्फ ध्यान दिनुपर्ने बताए ।

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live