मुख्य समाचार

सेवाको सम्मान हेल्थ अवार्डका १६ तस्बिर

स्वास्थ्य खबरपत्रिकाको वार्षिकोत्सव तथा आठौं हेल्थ अवार्ड चितवनमा सम्पन्न भएको छ। पत्रिका ८ वर्ष पुगेर ९ वर्षमा प्रवेश गरेको अवसरमा स्वास्थ्य क्षेत्रमा योगदान पु¥याउने व्यक्ति तथा संस्थालाई अवार्ड प्रदान गरिएको छ। पत्रिकाले पहिलो वार्षिकोत्सवदेखि नै अवार्ड प्रदान गर्दै आइरहेको छ।

यो वर्ष ताप्लेजुङकी सिर्जना राई उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका, अछाम जिल्ला अस्पतालका अहेब वीरबहादुर बोहोरा उत्कृष्ट स्वास्थ्यकर्मी, बाग्लुङमा कार्यरत दीपकप्रसाद तिवारी उत्कृष्ट जनस्वास्थ्य प्रशासक, डोल्पा जिल्ला अस्पतालकी ताराकुमारी बोहोरा उत्कृष्ट नर्स, डा चुमनलाल दासलाई उत्कृष्ट डाक्टर, चितवनको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल उत्कृष्ट अस्पताल, नेपाल सिआरएस कम्पनी उत्कृष्ट सामाजिक संस्था र डा मृगेन्द्रराज पाण्डे र डा हिरण्यदेव प्रधानलाई लाइफटाइम एचिभमेन्ट अवार्ड दिइएको छ।

हेरौँ अवार्ड समारोहका १६ तस्बिर

 

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live