मुख्य समाचार

लहानबाट डाक्टरको अपहरण, राजमार्ग बन्द गरी खोज्दै प्रहरी

 नारायण अधिकारी

काठमाडौं– सिराहाको लहानबाट एक जना चिकित्सक अपहरणमा परेका छन्। हेटौंडाको एक अस्पतालमा कार्यरत चिकित्सक सुवास बनैता यादवलाई अज्ञात समूहले अपहरण गरेको हो। 

तीन चार जनाको समूहमा आएका मानिसले यादवलाई अपहरण गरेको उनकी श्रीमती पुनम यादवले प्रहरीसमक्ष बताएकी छन्। श्रीमतीको उजुरीपछि अपहरित यादवको तीब्र खाेजी भइरहेको प्रहरीले उल्लेख गरेको छ।  

राजमार्ग र सबै नाका बन्द गरेर खोजी तीव्र गरिएको सिराहाका एसपी जीवन श्रेष्ठले जानकारी दिए। 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने