धरान– रोट्र्याक्ट क्लब अफ धरान घोपाले महिनावारी स्वच्छता सम्बन्धि सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ।
क्लबको ‘रोट्र्याक्ट स्वास्थ्य प्रवोधन’ परियोजना अन्तर्गत विष्णु मेमोरियल स्कुल धरानमा आयोजीत सचेतना कार्यक्रममा महिनावारी सम्बन्धि मिथकहरु, महिनावारी प्रक्रिया, वैज्ञानिक कारणहरुसँगै सरसफाईका विषयमा विद्यार्थीहरुलाई जानकारी गराइएको थियो।
विद्यालयका कक्षा ६देखि १० सम्मका जम्मा २ सय ३० विद्यार्थीहरुलाई रोटरियन निलम दाहालले महिनावारीका विषयमा जानकारी दिनु भएको थियो । क्लबमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका विद्यार्थीहरु आवद्ध छन्।