चितवन- नेपालमा वर्षेनी ३५ हजार मानिसलाई क्यान्सर रोग लाग्ने गरेको तथ्य सार्वजनिक भएको छ। चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले मंगलबार पत्रकार सम्मेलन गरी नेपालमा हरेक एक लाखमध्ये एक सय २० जनामा क्यान्सर रोग लाग्ने गरेको तथ्य सार्वजनिक गरेको हो।
अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यका अनुसार नेपालमा क्यान्सर रोग लाग्ने मध्ये २० प्रतिशत बिरामीको मात्र रोग पत्ता लाग्ने गरेको छ। अस्पतालमा उपचार गर्न ल्याउने क्रममा मृत्यु हुने तथा केही व्यक्तिको रोग पत्ता नलाग्दै मृत्यु हुने गरेको आचार्यको भनाइ छ।
नेपालमा करिब ६० हजारभन्दा बढी क्यान्सरका बिरामी रहेको अनुमान गरिएको छ। क्यान्सरका ८५ प्रतिशत बिरामी अझै पनि स्वास्थ्य सेवाबाट बञ्चित रहेको विज्ञले बताएका छन्। १५ प्रतिशत क्यान्सरका बिरामीमात्र अस्पतालसम्म आईपुग्ने उनीहरुको भनाई छ।
अहिले वार्षिक रुपमा करीव ९ हजार ५ सय जना क्यान्सरका बिरामी मात्र विभिन्न अस्पतालमा भर्ना भएर उपचार गर्ने गरिरहेको अस्पतालस्थित क्यान्सर अनुसन्धान विभागका प्रमुख भोला शिवाकोटीले जानकारी दिए। भरतपुर क्यान्सर अस्पतलामा मात्र प्रतिवर्ष करीव ५ हजार बिरामी भर्ना भएर उपचार गर्ने गर्छन्।
नेपालमा कति क्यान्सरका रोगी छन् भन्ने यकिन तथ्यांक भने उपलब्ध छैन। यसका साथै वर्षेनी कति मानिसको मृत्यु क्यान्सरका कारण हुन्छ भन्ने आधिकरिक तथ्यांक पनि उपलब्ध छैन। वार्षिक २५ देखि ३० हजार नयाँ बिरामी देखा पर्नेे गरेको 11 संगठनको तथ्यांक उद्धृत गर्दै शिवाकोटीले जानकारी दिए।
क्यान्सर अस्पताल भरतपुरमा विभिन्न जिल्लाबाट आएका बिरामीमध्ये फोक्सो, पाठेघरको मुख, स्तन, लिम्फग्रन्थी, पेट, रगत, घाँटीको, मस्तिष्क, दिसा गर्ने नली र छालाको क्यान्सर प्रमुख रुपमा पाइएको छ।
विश्वमा हरेक वर्ष करीब एक करोड २० लाख मानिसमा क्यान्सर रोगी थपिने गरेका छन्। त्यसमध्ये ९६ लाख व्यक्तिको मृत्यु हुने गरेको 11 संगठनको तथ्यांक छ।
क्यान्सर अस्पताल भरतपुरका अनुसार नेपालमा सबैभन्दा बढी फोक्सोको क्यान्सर देखिएको छ। स्तन क्यान्सर, ठुलो अन्द्रा, छाला र आमाशयको क्यान्सरका बिरामी छन् पनि उल्लेख्य मात्रामा नेपालमा रहेका छन्।
बिपी कोइराला क्यान्सर अस्पतालमा आर्थिक वर्ष २०७४÷७५ मा ५ हजार ९ जना क्यान्सरका बिरामीले भर्ना भएर उपचार पाएका थिए। सोही वर्ष नेपालमा साढे ९ हजार क्यान्सरका बिरामी फेला परको र बाँकी साढे ४ हजार बिरामीले विदेश वा स्वदेशका अन्य अस्पतालबाट सेवा लिएको अस्पतालको भनाई छ।
गुणस्तरहीन खानपान, शारीरिक व्यायाम नहुनु र बढ्दो प्रदुषणले क्यान्सर रोगीहरु वृद्धि हँुदै गएका छन्। क्यान्सर नसर्ने रोग भएपनि अल्पविकसित मुलुकका मनिस समयमै अस्पतालसम्म पुग्दैनन्।
७० प्रतिशत क्यान्सर खानपानका कारण लाग्ने गरेको छ। क्यान्सर रोगलाई नियन्त्रण गर्न अस्पतालले ५४ वटा जिल्लाका स्वास्थ्यकर्मीलाई तालिम तथा ३६ जिल्लाका माध्यमिक विद्यालयका १ हजार ५ सय विद्यार्थीमा क्यान्सर रोकथाम सम्बन्धी चेतनामूलक कार्यक्रम सञ्चालन गरेको जानकारी दिएको छ।
प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराको उपस्थितिमा भरतपुरको क्यान्सर अस्पतालले विविध कार्यक्रमसहित बुधबार १९औं वार्षिकोत्सव तथा १४औँ क्यान्सर सतर्कता दिवस मनाउँदैछ।
अस्पतालबाट सन् २०१७ मा एक लाख २५ हजार ४१ जनाले ओपिडी सेवा लिएका छन्। यो संख्या अघिल्लो बर्षभन्दा ३९ हजारले बढी हो। अस्पतालले १ सय ९४ शैय्या बाट सेवा दिइरहेको भएपनि गत भदौदेखि शैय्या थप गरी ४ सय ५० शैय्या पु¥याइएको छ। अस्पतालले रेडियोलोजी, ओटी थप गरी यस वर्षदेखि क्यान्सरका बिरामीलाई सकभर अन्य अस्पताल ‘रेफर’ नगर्ने जानकारी दिएको छ।