काठमाडौं— कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यसै वर्षदेखि ब्याचरल इन पब्लिक हेल्थ ( बिपिएच) अध्यापन सुरु हुने भएको छ।
स्वास्थ्य व्यावसायिक परिषद्को गत असोज ६ गते बसेको बैठकले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिपिएच कार्यक्रम सञ्चालन गर्नका स्वीकृती दिएको हो। परिषद्ले सो कार्यक्रमका लागि २० सिट निर्धारण गरेको छ।
प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले परिषद्को टोलीले अनुगमन गरिसकेपछि अध्यापनका लागि स्वीकृति दिएको बताए।
उनले भने, ‘हाम्रो लागि अर्को खुसी थपिएको छ, अब केही दिनमै बिपिएच भर्नाका लागि प्रवेश परीक्षाको सूचना प्रकाशित गर्छौ, ब्याचरल तहको मिडवाइफरी कार्यक्रकमा लागि पनि एक सातापछि प्रवेश परीक्षा हुदैँछ।’
प्रतिष्ठानले एमडी एन जनरल प्राक्ट्रिस (एमडिजिपी) अध्यापनका लागि सम्पूर्ण तयारी पुरा गरेको जनाएको छ। रजिष्ट्रार काफ्लेले केही दिनमै नेपाल मेडिकल काउन्सिललाई निरीक्षणका लागि पत्र पठाउने जानकारी दिए।
‘यो वर्ष हामीले तीन विधाको कार्यक्रम कार्यक्रम सुरु गरिसक्छौँ, त्यसपछिको हाम्रो एउटै लक्ष्य अर्को वर्ष कर्णालीमा एमविविएस कार्यक्रम सुरु गर्नु हो।’ त्यसका लागि केही तयारी सुरु पनि भइसकेको छ।