काठमाडाैँ - नेपाल अर्बुद रोग निवारण संंस्थाले अक्टोबर महिनाभरी स्तन क्यान्सर सेचतना कार्यक्रम गर्ने भएको छ।
अक्टोबर महिना क्यान्सर सचेतना महिना भएकाले नेपाल अर्बुद रोग निवारण संस्थाले विविध कार्यक्रमहरुको आयोजना गरी क्यान्सर सचेतना महिना मनाउन लागेको छ।
यसका लागि असोज २७ गते बसन्तपुरमा स्तन क्यानसर सचेतना ¥याली, ३१ गते भक्तपुरको घ्याम्पे डाँडामा ‘कलर द स्काइ विथ पिंक काइट्स’ तथा भक्तपुर क्यान्सर अस्पतालमा अक्टुबर महिनाभर निःशुल्क स्तन जाँच क्याम्प गर्ने भएको छ।
कार्यक्रममा बोल्दै कलाकार सुनिल थापाले अझै क्यान्सर सचेतना पुग्न नसकेको र धेरै जना नेपाली बिरामीहरु विदेशमा ठगिनु पर्ने बाध्यताको बारेमा प्रकाश पारे। त्यसै गरी स्तन क्यान्सरबाट बच्न सफल भएकी गायिका तारा थापाले राेगकाे बारेमा वेवास्ता गर्न नहुने बताउँदै समयमै चेकअप गराउनुपर्ने बताइन्।
भक्तपूर क्यान्सर अस्पतालका डा.रोशन प्रजापतिका अनुसार नेपालमा सबैभन्दा धेरै देखिएको क्यान्सर मध्ये स्तन क्यान्सर पनि हो। धेरै मानिसहरु अन्तिम स्टेजमा आइराखेका हुन्छन्।समयमै रोग पत्ता लागे क्यान्सर बचाउन सकिन्छ।
यस वर्ष संघले पूर्व देखि पश्चिम गरी करिब २५ वटा जिल्लाको ग्रामीण क्षेत्रहरुमा गई क्यान्सर रोग सचेतना कार्यक्रम तथा निःशुल्क पाठेघरको मुखको क्यान्सर रोग परीक्षण एंव स्तन परीक्षण आयोजना गरेको थियो।