काठमाडौं– नेपाली काँग्रेसका सांसद तथा संसदिय दलको उपनेता विजयकुमार गच्छादारले चिकित्सा शिक्षा विधेयक संसदमा नआउनुको जिम्मेवार नेपाली काँग्रेसले नलिने बताएका छन्। प्रतिनिधि सभाको विशेष समयमा बोल्दै गच्छादारले यस्तो चेतावनी दिएका हुन्। विगतमा छलफल नै नगरि विधेयक रोकेको भन्दै गच्छादारले यसमा सरकारले जवाफ दिनु माग गरे।
‘चिकित्सा शिक्षा विधेयक किन आएन भनेर आज नागरिकले प्रश्न सोधेका छन्,’ उनले भने ‘आज चार–पाँचपटक बसेर भएपनि हामीले प्रस्ताव गर्दा किन मानिएन ?’
आफू यसप्रति असहमत भएकाले समर्थन गर्न नसक्ने उनले सदनमा जानकारी गराए । ‘यो सरकारको कारण भएको हो,’ गच्छादारले भने ‘अव डा गोविन्द केसीले अनसनमा उत्रनुभयो भने यसको जिम्मेवार पूर्ण रुपमा सरकार हुनुपर्दछ।’
केसीसँग सहमती गर्ने समयमा चाँडै ल्याउने भनेकाले सरकारले यसलाई नल्याइकन जिम्मेवारी पूरा भएको नठहरिने भन्दै उनले अन्तिम समयम्म विधेयकमाथि छलफल नहुनु सरकारको दोष भएको बताए।