काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिरहामा क्यान्सर अस्पताल स्थापना गर्ने तयारी अगाडि बढाएको छ। मन्त्रालयले चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालसँगको समन्वयमा अस्पताल स्थापना गर्न लागेको हो।
सिरहामा क्यान्सर अस्पताल स्थापनाका लागि मन्त्रालयले बिहिबार एक समिति गठन गरेको छ। मन्त्रालयका उपसचिव लिलाराज पौडेलको संयोजकत्वमा तीन सदस्यीय समितिगठन भएको हो।
मन्त्रीस्तिरिय निर्णय अनुसार गठन भएको समितिमा भक्तपुर क्यान्सर अस्पतालका हेमाटोलोजिष्ट डा अजयकुमार झा र बिपी कोइराला क्यान्सर अस्पतालका कानून अधिकृत गोकर्ण सापकोटा सदस्य छन्।