काठमाडौं— राष्ट्रिय स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकका लागि ६ जनाले आवेदन हालेका छन्। गत आइतबारसम्मको १५ दिने समयावधिमा ६ जनाले आवेदन दिएका हुन्।
हालका कार्यकारी निर्देशक डा मदनकुमार उपाध्यायसहित नेपाल नेत्रज्योति संघका कार्यकारी निर्देशक शैलेशकुमार मिश्र, डा सतिशदेव, डा त्योतिन्द्र साह, रमेश पोखरेल र अर्थशास्त्री देवेन्द्र ज्ञवालीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आवेदन दिएका छन्।
लोकसेवा आयोगका प्रतिनिधी र मन्त्रालयका सचिव भएको छनौट समितिले परेका आवेदनबाट तीन जनाको नाम छनौट गरी मन्त्रीपरिषद्मा पठाउने छ। सोही सिफारिसका आधारमा मन्त्रीपरिषद् बैठकले बोर्डको कार्यकारी निर्देशक नियुक्त गर्ने छ।