नवलपरासी– सय वर्ष भन्दा पुरानो परासी जिल्लास्थित पृथ्वीचन्द्र अस्पतालमा पहिलोपटक पाठेघरकोे शल्यक्रिया सम्पन्न भएको छ।
५० शैयाको अस्पताल भए पनि विशेषज्ञ चिकित्सकको अभावमा सेवाहरुमा वृद्धि हुन सकेको थिएन।
पछिल्लो पटक कम्प्रेहेन्सिभ इमरजेन्सी अब्सेटेरिक एन्ड न्युनोनेटल केयर कार्यक्रम अन्र्तगत नियुक्त भएका स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा. अजेन्द्र यादवको टिमले सफल शल्यक्रिया गरेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. अनन्तकुमार शर्माले जानकारी दिए।
विशेषज्ञ चिकित्सक आएपछि स्त्री रोग सम्बन्धि शल्यक्रियामा टेवा पुगेको र आउँदा दिनमा सेवालाई थप वृद्धि गरी लैजान प्रदेश नं. ५ सामाजिक विकास मन्त्रालयसँंग समन्वय भइरहेको अस्पताल प्रबन्धक सि.वि.अधिकारीले बताए।
रुपन्देही तिलोत्तमा–१८ खैरियाकी ४० वर्षिया सुभावती थारुको पाठेघरमा मासु पलाएर बढी रगत बगेको कारणले शल्यक्रिया गरिएको थियो।