काठमाडौं– नेपाल जनस्वास्थ्य संघ(नेफा)को निर्वाचन पूर्वनिर्धारित समयमै गर्ने निर्णय कार्यसमितिले गरेको ५ । ललितपुर जिल्ला प्रशासनमा परेको उजुरीमाथि छलफल हुँदा स्थगित गर्ने सहमति एक पक्षले गरेको थियो । तर कार्य समितिका बहुमत सदस्यको बैठकले पूर्वनिर्धारित समयमै निर्वाचन गराउने निर्णय गरेको हो।
निर्वाचन समितिले पनि यथावत रुपमा कामकारबाही अघि बढाइरहेको जनाएको छ । निर्वाचन समितिका संयोजक डा खगेश्वर गेलालले रोक्नुपर्ने कुनै कारण नभएकाले आफूहरुले निर्वाचन प्रक्रिया कायम राखेको बताए।
निर्वाचनप्रति असन्तुष्ट पक्षले भने अदालत गुहार्ने जनाएको छ। जिल्ला प्रशासनमा उजुरी दिने टोप बहादुर खड्काले साधारण सभा समेत नबोलार्इ निर्वाचन गराउन लागिएकाले आफू अदालत जान लागेको बताए । उनले भने, 'निर्वाचन भएपनि हामी कार्यसमित खारेजीको माग गर्नेछौं । उनले गैर जनस्वास्थ्यकर्मी सदस्य रहेको, केही व्यक्तिको मनोमानीमा संस्था चलेको र आर्थिक अपारदर्शिता रहेको आरोप लगाए।