पाेखरा– शनिबार भएको नेपाल जनस्वास्थ्य संघको निर्वाचनमा पाेखरामा ८० वर्षीय जनस्वास्थ्यकर्मीले समेत भोट दिएका छन्। ज्यष्ठ जनस्वास्थ्यकर्मी डा कुमार समशेर जबराले पोखराबाट भोट दिएको जनस्वास्थ्यकर्मी तीर्थराज अाचार्यले बताए। सुरुमा एमबिबिएस गरेका उनले त्यसपछि एपपीएच गरी जनस्वास्थ्य क्षेत्रमा सक्रिय भएर सेवा गरेका थिए।
रामघाट पोखरा -१०, बस्ने जबराले नेपाल सरकारको सिभिल सर्जन भएर ४० बर्षको उमेर सम्म सेवा गरेका थिए । डा कुमारले नेपाल जस्ता विकासोन्मुख देशमा जनस्वास्थ्यकर्मीको भूमिका महत्वपूर्ण रहेको बताउँदै आफूले भोट दिएको बताए। उनले भने, 'जसले जितेपनि जनस्वास्थ्यमा काम गर्न उत्प्रेणा मिलोस भनेर भोट दिन आएको हुँ । म बाँचुन्जेल यही क्षेत्रमा सक्रिय रहन्छु।'