काठमाडौ—विश्व मुटु दिवसको अवसरमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले जनचेतनामूलक औपचारिक कार्यक्रम सम्पन्न भएको छ।
२२ वर्षदेखि ब्लडप्रेसरका बिरामी कलाकार आचार्यले आफ्नी पहिली पत्नी मीरा आचार्यलाई पनि मुटु रोगकै कारण गुमाएका थिए। उनलाई अहिलेको जस्तो मुटु रोग उपचारको सुविधा व्यवस्थित भएको भए अझै केही वर्ष श्रीममी गुमाउन पर्दैन्थ्यो भन्ने खट्किरहने बताए।
उनले देशको मुटु काठमाडौंलाई स्वस्थ राख्न सके धेरैलाई जोगाउन सकिने भन्दै सरकारले सडकको धुलो, धुँवालाई नियन्त्रण गर्नुपर्ने, रक्सी चूरोट र गुट्खाको आयातमा नियन्त्रण गर्नुपर्ने राय व्यक्त गरेका थिए।
उनले भने,‘ पहिले देशको मुटु स्वस्थ रार्खौँ, देशकै चिन्ताले जनताको मुटु अवस्थ बनाइरहेको छ ।’
त्यसैगरी मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलले पछिल्लो कम उमेरका युवाहरु मुटु रोगको शिकार भइरहेको बताए। उनले भने,‘18लाई व्यवस्थित गर्न सकिएन भने अझ ठूलो समस्या निम्तदै जान्छ ।’
उनले मुटु रोगबाट बच्न चूरोट, रक्सी सेवन नगर्ने, कोलेष्ट्रोल नियन्त्रण गर्ने, रक्तचापलाई नियन्त्रणमा राख्ने, मधुमेहको उचित उपचार गर्ने, तौल नियन्त्रणमा राख्ने, स्वस्थ आहारको सेवन गर्ने ( फलफुल, सागब्जी बढी खाने), मानसिक तनाव र रिस कम गर्ने, प्रदुषणबाट बच्ने,दैनिक आधाघण्टा हिँडडुल गर्ने र चिकित्स्कको सल्लाहअनुसार औषधिको प्रयोग गर्न सुझाव दिए ।