नेपाल जनस्वास्थ्य संघको निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार अध्यक्षमा श्रीकृष्ण भट्टले अग्रता लिएका छन्। संघको केन्द्र बाहेक ७ वटा प्रदेशको मतगणना भइसकेको छ।
शनिबार भएको संघको निर्वाचनको पछिल्लो मतपरिणा अनुसार २ सय ५२ मत ल्याएर भट्टले अग्रता लिएका हुन्। उनका प्रतिद्वन्द्वी मोहनकृष्ण श्रेष्ठले २ सय १८ मत ल्याएका छन्।
त्यस्तै उपाध्यक्षमा कृष्णमान शाक्यले २ सय २९ मत प्राप्त गरेका थिए भने अर्का प्रत्यासी सुदर्शन पौडेलले २ सय ५ मत मत प्राप्त गरे।
महासचिवमा महेश्वर श्रेष्ठले २ सय ४१ मत, सचिवमा दिपेन्द्र खड्काले १ सय ९८ मत, कोषाध्यक्षमा विनोद जोशीले २ सय ७९ मत र सह कोषाध्यक्षमा नरेन्द्र कुमार झाले २ सय २२ मत प्राप्त गरेका छन्।
निर्वाचनमा कुल १ हजार ५८९ मतदाता मध्ये १ हजार १५३ मत अर्थात ७२ दशमलव ३६ प्रतिशत भोट खसेको छ ।