काठमाडौं– भारतको बेकन डाइग्नोष्टिक प्रालीले प्रयोगशालाका क्षेत्रमा कार्यरत डाक्टर, नर्स तथा प्राविधिक र वितरकहरुलाई नयाँ र आधुनिक उपकरण तथा रिएजेन्टका विषयमा जानकारी दिएको छ।
नेपालको बिएसआर बायोटेक प्रालीको सहयोगमा बेकनले काठमाडौंमा छलफल कार्यक्रम गरेको हो। कार्यक्रममा बेकनका उत्पादन तथा त्यसको प्रयोग र नतिजाका विषयमा छलफल भएको थियो।
बेकनका तर्फबाट निर्देशक चिराग जोशीले आफ्नो धारणा राखेका थिए।
नेपाली डाक्टरका तर्फबाट त्रिवि शिक्षण अस्पतालको बायोकेमिकल विभागका प्रमुख डा विनोद यादवले मधुमेहको परीक्षण र नतिजा लगायतका विषयमा जानकारी दिएका थिए।
बिएसआरका अध्यक्ष प्रमोद शर्मा न्यौपानेले आधुनिक उपकरण र गुणस्तरीय रिएजेन्टका कारण छिटो र सहज रुपमा बिरामीको नतिजा तथा रिपोर्ट पाउन सकिएको बताए। उनले प्रयोगशालाका क्षेत्रमा भएको विकासलाई नेपालमा भित्र्याउन आफ्ना तर्फबाट सक्दो प्रयास गर्ने जानकारी दिए।