हुम्ला– सुख्खा पहिरोमा परी घाइते भएका आफ्ना छोराको जीवन रक्षा गरिदिन उनका बाबुले आग्रह गरेका छन्। हुम्लाको चंखेली गाउँपालिका– ५ नेप्कामा भदौ ३० गते गएको सुख्खा पहिरोमा परी गम्भीर घाइते भएका छोरा युकेश तामाङलाई बचाउन उनका बुबा पेमाछिरिङ्ग तामाङले आग्रह गरेका हुन्।
सुख्खा पहिरोमा परी चंखेली गाउँपालिकाद्द ५ का २१ वर्षीय बसन्ती तामाङ र सोही गाउँकी अनिता तामाङको घटनास्थलमै मृत्यु भएको थियो।
घटनामा घाइते भएका युकेशको उपचार १७ दिनदेखि नेपालगञ्जस्थित मेडिकल कलेजमा आइसियूमा भइरहेको छ। युकेशको टाउकोमा गहिरो चोट लागेको छ।
आर्थिक स्थिति कमजोर भएका कारण उपचारमा समस्या भएको उनले बताए। छोराको स्वास्थ्य अवस्थामा सुधार नआएको र पैसा समेत सकिइसकेकोले कसरी छोराको उपचार गर्ने भन्नेमा उनी चिन्तित छन् ।
कर्णाली प्रदेशका पारिवारिक निजी वन संघका संयोजक गोविन्द शाही र सहसंयोजक विनोद शाहीको तर्फबाट १० हजार सहयोग भएको छ। चंखेली गाउँपालिका ५वडाध्यक्ष भैरब तामाङले सरकारी तथा गैहसरकारी संस्थाहरुले हालसम्म घाइते बालकको लागि उपचारमा सहयोग नगरेको बताए।
उनको उपचारको लागि प्रयोग गरिएको सिमकोटदेखि नेपालगञ्जसम्मको हेलिकप्टर भाडा र उपचारमा लागेको खर्च तिर्न आफ्नो भएभरको जायजेथाले पनि नपुग्ने भएपछि घाइते बालकका बुबाले सहयोग याचना गरेको बताए ।
घाइते युकेशको उपचारका लागि सहयोग गर्न चाहनेले नरजन तामाङको फोन ९८४८२२५३२१ र बुबा पेमाछिरिङको फोन ९८४८३८५५१६ मा सम्पर्क गर्न आग्रह गरिएको छ। सहयोगको लागि देशविदेशमा रहेका मनकारी महानुभावलाई पेमाछिरिङले अनुरोध समेत गरेका छन्।