काठमाडौं-नेपाल दृष्टि विशेषज्ञ संघको आयोजनामा असोज १९ र २० गते पहिलो 'नेपाल अप्टोमेट्री सम्मेलन' हुने भएको छ।
आँखा र यससँग सम्बन्धित समस्याहरुको जाँच गर्ने, आवश्यक परिक्षण गर्ने, उपचार गर्ने विज्ञहरुको पहिलो पटक यस्तो सम्मेलन हुन लागेको हो।
सम्मेलनमा न्युजिल्याण्ड, भारत, श्रीलंका, बंगलादेश लगायतका मुलुकका विशेषज्ञले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् ।
नेपालमा सन् १९९८ देखि त्रिभुवन विश्वबिद्यालयले दृष्टि बिज्ञान पढाइ सुरु गरेको थियाे। नेपालमा दृष्टि बिज्ञान विषयको विकास र दृश्य बिशेषज्ञहरुको हक हितको लागि २०६२ सालमा नेपाल दृष्टि बिशेषज्ञ संघको स्थापना भएको हो ।