काठमाडौं– एमबिबिएस अध्ययनका लागि धनुषाका रामभजन साह र उज्ज्वल यादव बंगलादेश पुगे। त्यहाँको इस्टवेस्ट मेडिकल कलेजमा पुर्यादउन उनीहरुको माध्यम बनेको थियो, कोटेश्वरको वर्ल्ड वे एजुकेसन कन्सलटेन्सी।
जब कलेज पुगे, उनीहरु झसंग भए। किनकि भर्ना नै भएको रहेनछ। कोटा सिद्धिएको भन्दै कलेजले उनीहरुलाई फिर्ता जान भन्यो।
कन्सलटेन्सीका दीपककुमार देवले मेडिकल कलेजमा भर्नाबापत पहिलो चरणमा ३३ लाख ३२ हजार रकम लिएका थिए। कन्सलटेन्सीकै बदमासीका कारण आफूहरुको भर्ना रोकिएको बुझेपछि उनीहरु नेपाल फर्किए। लगत्तै शिक्षा मन्त्रालयमा उजुरी गरे।
उजुरीपछि मन्त्रालयले अनुसन्धान अगाडि बढायो। अनुसन्धानका क्रममा उक्त कन्सलटेन्सीले नक्कली कागजपत्र बनाएर विद्यार्थीमाथि ठगी गरेको पत्ता लागेको शाखा अधिकृत तारानाथ निरौला बताउँछन्।
विद्यार्थीहरुसँग पैसा उठाएका सञ्चालक यादव भने फरार भएका छन्। उनले बंगलादेश र भारतमा अध्ययनका लागि पठाउने भन्दै मोटो रकम असुली गरेको बारे मन्त्रालयमा उजुरी परेको छ।
यो पनि पढौं :