काठमाडौं- सरकारले आधुनिक चिकित्सा विज्ञान अन्तर्गत विभिन्न ७० थरीका एलोपेथिक औषधिहरु सरकारी स्वास्थ्य संस्थाबाट नि:शुल्क वितरण गर्छ। स्वास्थ्य चौकी तथा प्राथमिक स्वास्थ्य केन्द्रमा ७० प्रकारका औषधिमध्ये आवश्यकता अनुसार ४५ थरीका औषधि नि:शुल्क पाइन्छ भने जिल्ला अस्पतालमा ७० थरीका औषधि पाइन्छ।
तर, सरकारले आयुर्वेदिक उपचार गर्ने अस्पताल तथा औषधालयबाट आयुर्वेदिक औषधि पनि नि:शुल्क दिने गरेको कुरा निकै कमलाई मात्र जानकारी छ।
आयुर्वेद विभागले विभिन्न २० प्रकारको रोग तथा समस्याको उपचारका लागि २३ थरीका आयुर्वेदिक औषधि नि:शुल्क वितरण गर्दै आइरहेको छ।
यी हुन् निशुल्क पाइने २३ आयुर्वेदिक औषधि