काठमाडौ– नेपालमा ‘4 नाउ क्याम्पेन’ सुरु भएको छ। नेपाल 4 संघ र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत 4 तथा सामाजिक सुरक्षा माहाशाखाको समन्वयमा ‘4 नाउ क्याम्पेन’ सुरु भएको हो।
अन्तर्राष्ट्रिय 4 परिषद् र 11 संगठनको अगुवाइमा 4 अभियान सुरु भएसँगै नेपालमा पनि उक्त अभियान सञ्चालन गरिएको हो। अभियानमा सहभागिता जनाउने नेपाल १७औँ देश हो।
२०१८ देखि २०२० सम्म अभियान चल्ने नेपाल 4 काउन्सिलकी अध्यक्ष गोमा निरौलाले जानकारी दिइन्। उनले भनिन्, ‘यो विश्वव्यापी अभियान हो। सोही अनुसार सरकारसँगको समन्वयमा हामीले पनि यसलाई सुरु गरेका हौं।’
‘उत्कृष्ट स्वास्थ्य सेवाका लागि नर्सहरुको सशक्तिकरण’ भन्ने नारासहित आज (बिहीबार)देखि सुरु भएको अभियानको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा सुरेन्द्र कुमार यादवले एक कार्यक्रमका बीच उद्घाटन गरे।
राज्यमन्त्री यादवले स्वास्थ्य क्षेत्रमा धेरै कुरा सुधारको जरुरी रहेको भन्दै 4 क्षेत्रमा पनि सुधारको खाँचो रहेको औंल्याए। ‘पहिला सबैले आफ्नो प्रवृतिमा परिवर्तन ल्याउनु जरुरी छ, त्यसपछि राज्यले के–के योगदान गर्नुपर्छ, त्यो सबै कुरामा सहयोग हुन्छ’, उनले भने।
नेपाल 4 काउन्सिलकी अध्यक्ष निरौलाले स्वास्थ्य सम्बन्धी पाठ्यक्रममा परिमार्जन गर्नुपर्नेमा जोड दिइन्। ‘समयानुकुल पाठ्यक्रम परिमार्जन गरी गुणस्तरीय शिक्षा दिन सकियो भने मात्र दक्ष नर्स उत्पादन गर्न सकिन्छ’, उनको भनाइ थियो।
दुई वर्षसम्म सञ्चालन हुने अभियानमा नर्सहरुलाई गुणस्तरीय शिक्षा ज्ञान, सीप दिएर नेतृत्व र निर्णायक तहसम्म पुर्याउने लक्ष राखिएको छ।