काठमाडौं- नेपाल दृष्टि विशेषज्ञ संघको आयोजनामा असोज १९ र २० गते पहिलो नेपाल अप्टोमेट्री सम्मेलन हुने भएको छ।
मानव आँखा र यससँग सम्बन्धित समस्याहरुको जाँच गर्ने, आवस्यक परिक्षण गर्ने, उपचार गर्ने विज्ञहरुको पहिलो पटक यस्तो सम्मेलन हुन लागेको हो । सम्मेलनमा न्युजिल्याण्ड, भारत, श्रीलंका, बंगलादेशलगायतका मुलुकका विशेषज्ञले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्ने संघले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।
अमेरिका, अस्ट्रेलिया, ल्याटिन अमेरिका, बेलायतजस्ता देशहरुमा दृष्टि बिज्ञानको पढाई धेरै पहिले सुरु भएको हो । नेपालमा सन् १९९८ देखि त्रिभुवन विश्वबिद्यालयले पढाइ सुरु गरेको हो । नेपालमा अध्ययन गरेका दृष्टि विशेषज्ञहरुले विदेशमा अनुसन्धान गरी विद्यावारिधिसमेत हासिल गरका छन् । नेपालमा दृष्टि बिज्ञान बिषयको बिकास र दृष्य बिशेषज्ञहरुको हक हितको लागि सम्बत २०६२ सालमा नेपाल दृष्टि बिशेष ज्ञ संघको स्थापना भएको हो।
स्थापना कालदेखि संघले समुदायमा आँखा स्वास्थ्य सेवा दिने काममा लागि परेको छ । विभिन्न संघसस्थाहरु सँग सहकार्य गरी विभिन्न ठाउँमा सिबिर सञ्रचालन गर्दै आएको छ।