काठमाडौं– यस वर्षको नोबल शान्ति पुरस्कार डा डेनिस मुकवेज र नादिया मुरादलाई दिइएको छ । उनीहरुलाई बलात्कार विरुद्धको अभियानका लागि दिइएको हो।
मुकवेज कंगोका स्त्री विषशेज्ञ हुन्। उनले साथीहरुको सहयोगमा हजारौं बलात्कार पीडितलाई सहयोग गरेका छन्।
यसैगरी मुदार इस्लामिक आतंकवादीहरुले यातना र बलात्कार गरेको एक याजिदी महिला हुन्। उनी हाल याजिदी महिलाको मुक्तिको अभियानमा रहेकी छन्।
शान्ति पुरस्कारका लागि ३ सय ३१ भन्दा बढी संस्थाहरु मनोनित भएका थिए। नर्वेको राजधानी ओस्लोमा शुक्रबार नोबेल शान्ति पुरस्कार विजेताको घोषणा भएको हो।
घोषणामा बोल्दै नोबेल पुरस्कारका सभापति बेरिस रिस एन्डरसनले भने, ‘यो पुरस्कार युद्ध हतियारको रुपमा प्रयोग भएको यौन हिंसा अन्त्य गर्ने प्रयासको लागि हो।’
मुकवेज र उनका साथीहरुले कंगोमा तीस हजार बढि बलात्कृत महिलाहरुलाई उपचार गरेको बताइएको छ। यो सँगै उनीहरुले युद्धको क्रममा हुने यौन हिंसाको उपचारको क्षेत्रमा दक्षता पनि हासिल गरेको छन्।
यस्तै मुराद २०१४ मा इस्लामिक आतंककारीको कब्जाबाट छुटेपछि मानव बेचबिखनका विरुद्ध अभियान चलाउदै आएकी छन्।