समाचार

सिसडोलवासीलाई कामपाको एम्बुलेन्स

काठमाडौं- नुवाकोटको ककनी गाउँपालिको सिसडोल क्षेत्रका प्रभावित बासिन्दाका लागि काठमाडौँ महानगरपालिकाले एम्बुलेन्स उपलब्ध गराएको छ। 

कामपाले एक वर्षअघि गरेको प्रतिबद्धताअनुरुप आज सो एम्बुलेन्स हस्तान्तरण गरेको हो। विगत १३ वर्षदेखि काठमाडौँ उपत्यकाको फोहर सिसडोल क्षेत्रमा व्यवस्थापन गरिँदै आएको छ। 

कामपाका प्रमुख विद्यासुन्दर शाक्यले गाउँपालिकाका प्रमुख मानबहादुर लामालाई एम्बुलेन्सको चासो हस्तान्तरण गरेका हुन्।
काठमाडौँबाट फोहर लाँदा र सिसडोलमा थुपारिएको फोहरबाट प्रत्यक्षरुपमा प्रभावित भएका नागरिकलाई सहयोगस्वरुप एम्बुलेन्स हस्तान्तरण गर्दै कामपाका प्रमुख शाक्यले काठमाडौँ उपत्यकाको १८ वटै स्थानीय निकायसँग समन्वय गरी तत्कालका लागि वैकल्पिक स्थान र केही समयपछि दीर्घकालीन फोहर व्यवस्थापन स्थान तय गर्न आफू लागिपरेको बताए। 

कामपाका उपप्रमुख हरिप्रभा खड्की श्रेष्ठले फोहरका कारण प्रभावित भएकालाई एम्बुलेन्स मात्र दिएर नपुग्ने भन्दै तत्काल समस्या समाधानको उपाए खोज्नुपर्नेमा जोड दिइन्। 
गाउँपालिकाका प्रमुख लामाले सरकारले १३ वर्षअघि दुई वर्षका लागि थुपार्ने स्थानका रुपमा लिएको हो, हालसम्म पनि विकल्पसमेत तय गर्न नसक्दा नागरिकले क्यान्सरजस्ता रोगको सिकार बन्नुपरेको भन्दै समाधानका लागि पहल गर्न आग्रह गरे।

लामाले भने, ‘दुई वर्षका लागि लिएको स्थानमा अझै फोहर व्यवस्थापन गरिँदै आएको छ, यो कहिलेसम्म हो, अब तत्काल यस समस्याको समाधान नहुने हो भने अन्य ठूला समस्या आउँछन्।’ सिसडोलको फोहरबाट झण्डै ३५ हजार नागरिक प्रभावित भएको प्रमुख लामाको भनाइ छ। 

एक वर्षअघि भएको सम्झौताअनुरुप प्रभावित क्षेत्रलाई कामपा र ललितपुर महानगरले गरी एक÷एक वटा एम्बुलेन्स प्रदान गर्ने भने पनि ललितपुर महानगरले भने प्रक्रियामा मात्र रहेको जानकारी सो महानगरका उपप्रमुख गीता सत्यालले कार्यक्रममा जानकारी दिइन्। रासस
 

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live