काठमाडौं- त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानलाई एमबिबिएससहित सबै मेडिकल विषयमा भर्ना गर्ने बाटो खुलेको छ। सर्वोच्च अदालतले परीक्षार्थी रेश्मा बानियाँलगायतका विद्यार्थीले आइओएमविरुद्ध दायर गरेको रिटमा अन्तरिम आदेश दिनु नपर्ने भन्दै भर्नाको लागि बाटो खुला गरेको हो।
असोज पहिलो साता आइओएमले लिएको प्रवेश परीक्षाको नतिजाका सम्बन्धमा प्रश्न उठाउँदै परीक्षार्थीले दायर गरेको रिटमा अदालतले गत मंगलबार अन्तरिम आदेश जारी गर्दै तत्काल भर्ना प्रक्रिया अगाडि नबढाउने आदेश दिएको थियो। उक्त आदेशमाथि असोज २१ गते दुवै पक्षलाई बोलाएर थप छलफल भएको थियो।
छलफलपछि आज न्यायाधिसद्वय मीरा खडका र टंकबहादुर मोक्तानले एमबिबिएस प्रवेश परीक्षाको नतिजामा अनियमितता गरिएको भन्दै परीक्षार्थी रेश्मा बानियाँलगायतका विद्यार्थीले आइओएमविरुद्ध दायर गरेको रिटमा अन्तरिम आदेश जारी नहुने फैसला गरेको हो।
यो फैसलासँगै अाइओएमलाई भर्ना प्रक्रिया अगाडि बढाउने बाटो खुलेको छ। आइओएमले दशै लगत्तै भर्नाको प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ।
आइओएमले असोज ६, ७ र ८ गते एमबिबिएस, बिडिएस, 4, बिपिएचलगायतका विषयकाे प्रवेश परीक्षा लिएको थियो। परीक्षामा १५ हजार विद्यार्थी सहभागी थिए।