रुपन्देही– बुटवल उपमहानगर पालिकाको संयोजनमा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रको आयोजना र बुटवल उपमहानगरपालिका वडा नम्बर १३ मा डेंगु नियन्त्रणका लािग सचेतना कार्यक्रम सम्पन्न भएको छ।
डेंगु सम्बन्धी जनचेतना जगाउने उद्देश्यले राष्ट्रव्यापी रुपमा राष्ट्रिय स्वास्थ्य शिक्षा तथा संचार केन्द्रले कार्यक्रमको आयोजना गरेको हो। डेगुं एडिस एजिप्टाई जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने रोग भएकाले लामखुट्टेबाट बच्नु नै यसको उत्तम उपाय भएको कार्यक्रममा वक्ताले बताएका छन्।
डेंगु नियन्त्रणका लागि पानी जम्ने टिनका डिप्बा, थोत्रा टायर, गमला, पानी ट्यांकी आदिमा एडिज नामक लामखुट्टेले फुल पार्ने भउकाले यसमा सजक रहनु पर्ने डेंगु विपद् व्यवस्थापन उपसमितिका संयोजक किशोर गुरुङले बताएका छन्। बुटबलका विभिन्न वडामा डेंगु नियन्त्रणका लागि टोल संस्था वडा कार्यलय र स्थानियबीचको सहकार्यमा जनचेतना कार्यक्रम गरिएको गरिएको हो।