काठमाडौं— राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा प्रमोद उपाध्यायले पदबाट राजीनामा दिएका छन्।
उनले घरायसी कारण देखाउदैँ बुधबार राजीनामा दिएको स्वास्थ्यखबरलाई बताए।
२०७२ सालमा ट्रमा सेन्टरमा दुई वर्षे कार्यकालका लागि उनको नियुक्ती भएको थियो। उनको समयावधि सकिएपछि अर्को व्यवस्था नभएसम्मका लागि उनलाई निर्देशककै जिम्मेवारी दिइएको थियो।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका निमित्त उपकूलपति डा सुवोध अधिकारीले भने उपाध्यायले राजीनामा दिएको हो÷होइन भन्ने प्रष्ट नभएको बताए।
उनले भने, ‘उहाँ हिजोदेखि बिदामा हुनुहुन्छ, राजीनाबारे प्रष्ट हुन एक दुई दिन समय लाग्छ, उहाँले खुलाएर लेख्नुभएको छैन।’