काठमाडौं- सतक रक्तदाता प्रेमसागर कर्माचार्य सम्मानित भएका छन्। सामुदायिक सेवा केन्द्र बागबजार र सामुदायिक प्रहरी सेवा केन्द्र बागबजारले संयुक्त रुपमा उनलाई सम्मान गरेको हो।
दसैं, तिहार, नेपाल संवत् ११३९ नयाँ बर्ष तथा छठ पर्वको अवसरमा शनिबार आयोजित कार्यक्रममा प्रमुख अतिथि बनेका प्रहरी नायव महानिरीक्षक डीआईजी मनोज नेउपानेले रक्तदाता कर्माचार्यलाई सम्मान गरेका हुन्।
रक्तदान गरी धेरैलाई जीवन दान दिएका कर्माचार्य समाजको रोल मोडल भन्दै सेवा केन्द्रले उनलाई सम्मान पत्र तथा दोसल्ला ओडाई सम्मान गरेको हो।
कार्यक्रममा क्रमशस् बरिष्ठ गायक प्रेमध्वज प्रधान,नृत्य निर्देशक श्याम खड्गी, संगीतकार राजु सिंह वाग्दास, दलबहादुर छिमि श्रेष्ठ, पूर्व वडाध्यक्षद्वय नजरमान तण्डुकार,गणेशबहाुर खड्गी,रामपुकार श्रेष्ठ,रामसुन्दर रायमाझी र बाबुकाजि श्रेष्ठलाई समेत सम्मान गरिएको थियो।
कार्यक्रममा २८ नम्बर वडाका वडा अध्यक्ष भाईराम खड्डी र अनामनगरप्रहरी बृत्तका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक काजीकुमार आचार्य समेत सहभागी थिए।