बाजुरा- मलेरिया रोकथामका लागि छर्किनुपर्ने औषधि तीन महिनादेखि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा अलपत्र रहेको छ। शेभ द चिल्ड्रेनको सहयोगमा बाजुराको बुढिनन्दा नगरपालिकाको कोल्टीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा साउनमा पठाएको थियो।
औषधि साउनमा छर्किनुपर्ने भए पनि बजेट नभएको भन्दै तीन महिना बितिसक्दा पनि समुदायमा औषधि छर्न नसकेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. सत्य शाहीले बताएका छन्।
लरेयिा प्रभावित क्षेत्रमा छर्किनका लागि ३ लाख जति रकम हो, नगरपालिकाले नदिंदा औषधि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमै रहेको शाहीले बताएका छन्। साउनमा छर्किएको भए रोकथाम हुन्थ्यो, अहिले दैनिक मलरियाको बिरामी आइरहने उनले बताए।
तराईमा मात्र देखिने मलरिया बाजुरामा पनि देखापरेको थियो। बाजुराको बुढिन्नदा नगरपालिका १, ६ र ५ वडामा देखापरेपछि सरकाले केन्द्रीय प्रयोगशालाबाट पठाएको थियो। प्रयोशालाले पनि मलेरिया भएको प्रमाणित गरेपछि मलेरिया रोकथामका लागि सेभ द चिल्ड्रेनको सहयोग ती बस्तीमा छर्किनका लागि ५ वटा ठूलो ड्रममा औषधि पठाएको थियो।
औषधि प्राथमिक स्वास्थ्य केन्द्रमा साउनमा आएको हो, साउनमै प्रत्येकको घरमा पुगेर घर र चर्पीमा ओसिलो ठाँउमा औषधि छर्कनुपर्ने हो। तर नगरपालिकालाई तीन लाख माग गरेका हौ, एक रुपैयाँ पनि नदिंदा औषधि स्वास्थ्य केन्द्रमा अलपत्र रहेको डा. सत्य शाहीले बताए।
मलरिया फैलिने भनेको गर्मी र वर्षादको समयमा हो। चैत जेठमा छर्कियो भने औषधिले तीन महिना काम गर्छ। हाम्रोमा ढिला आएको हो, साउनमा छर्कियो भने भदौ, असोज र कात्तिक महिनासम्मका लागि मलरियो रोग स्थानीयमा सर्न नदिने हो तर औषधि नछर्किइँदा दैनिक एक दुईजना मलरियाका बिरामी अहिले पनि उपचारमा आउने गरेको प्रमुख डा. शाहीले बताए। वर्षातमा र गर्मी समयमा बढी देखिने हो, अब हिउँदमा खासै देखा पर्दैन आएको लाखौ मूल्यको औषधि पनि त्यत्तिकै खेर जाने गरेको बताए।
बुढिनन्दा नगरपालिका १ का वडा अध्यक्षले भने गाँउमा दैनिक एक दुईजना मलेरिया बिरामी भइरहेको बताए। नगरपालिकामा बजेटका लागि पटकपटक पहल गर्दा पनि कहिले कार्यकारी कहिले लेखापाल छैन भनेर बजेट नदिएको बताए।
बुढिनन्दा नगरपालिका कार्यकारी पुरुसोत्तम नेउपानेले भने आफू बिदामा बसेकोले यस विषयमा कुनै जानकारी नभएको बताए। स्थानीय सरकारको गैरजिम्मेवारी कारण औषधि अलपत्र रहेको स्थानीयको आरोप छ।