जीवनशैली

खानपान र घुमघामका लागि मात्र होइन दसैंमा स्वास्थ्यका लागि पनि बजेट छुट्याउनुपर्छ : डा.सन्देश जिसी

 

हरेक नेपालीहरुलाई मेरो दसैंको शुभकामनासँगै के भन्न चाहन्छु भने कम्तीमा वर्षको एकचोटी रोग लागे पनि नलागे पनि होल बडी चेक अप गराउनुहोला। 

खानपान, घुमघाम, सपिङका लागि मात्र होइन दसैंमा स्वास्थ्यका लागि पनि बजेट छुट्याउनुपर्दछ।

आफू स्वस्थ रहेको थाहा पाएपछि झन् हामीले दसैं हर्षोल्लासाका साथ मनाउन पाउँछौँ।

हामी नेपालीहरुले सबै चिजमा पैसा छुट्याउँछौँ। लुगा खरिद, घुम्न जाने, खानपिन, पिकनिक आदिमा हामीले पैसा छुट्याउँछाँै। तर हामीले आफ्नो स्वास्थका लागि भनेर पैसा छुट्याउने बानी छैन।

अन्तिममा र रोग बल्झिएपछि अस्पतालमा उपचारका लागि जानू भन्दा पहिलानै स्वास्थ्यका बारेमा जानकारी राख्नु राम्रो हुन्छ। अन्तिममा उपचार गर्न जाँदा महँगो पर्छ र सबैले स्वास्थ्य सेवा महंगो भयो भनेर गुनासा गछौँ। ढिलो आए त पैसा पनि बढी खर्च हुन्छ नि। 

त्यसैले वर्षमा एकचोटी र सकेसम्म यो महान चाड भन्दा अगाडी कम्तीमा ५ हजारको होल बडी चेकअप गराउँदा आफ्नो स्वास्थ्यस्थिति थाहा पाइन्छ। त्यसपछि चाडबाडमा त्यस अनुसारको खाने वा नखाने भन्ने कुरा थाहा हुन्छ। समयमा चेकअप गराए स्वास्थ्यमा कम जटिलता आउँछ।

त्यसैले सबैले एकचोटी वर्षमा एकपटक होलबडी चेकअप गराउनु हुन आग्रह गर्न चाहन्छु। 
 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने