प्रवास

बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीले लगाए दसैंको टीका


ढाका– बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरुले दसैंको सामूहिक टीका थापेका छन्। शुक्रबार विजयादशमीका दिन ढाकास्थित म्यानडी डेन्टल कलेजमा नेप्लिज मेडिकल स्टुडेन्ट्स एसोसिएसन बंगलादेशद्वारा आयोजना गरिएको ‘दसैं फेस्ट, २०१८’ मा विभिन्न मेडिकल कलेजहरुमा अध्ययनरत नेपाली विद्यार्थीहरुको उल्लेखनीय सभागिता रहेको थियो।

कार्यक्रममा सामूहिक रुपमा दसैंको टीका लगाइनुको साथै डिजे म्युजिक, म्युजिकल चेयर, बिङ्गोलगायतका खेलहरु पनि खेलिएको थियो। मःम तथा अन्य नेपाली खानाहरु पनि कार्यक्रमको आकर्षण रहेको एसोसियसनका अध्यक्ष नवीन यादवले जानकारी दिए।

बंगलादेशस्थित नेपाली राजदूतावासका डेप्युटी चिफ अफ मिसन धनबहादुर ओलीले सहभागी सबै विद्यार्थी तथा प्राध्यापकहरुलाई टिका, जमरा लगाइदिएका थिए।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका ओलीले विदेशी भूमिमा स्वदेशको अनुभूति दिलाएको धारणा राखे। उनले यस्ता कार्यक्रमले आफ्नो मौलिक कला, संस्कृति तथा रितिरिवाज कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने भन्दै कार्यक्रम आयोजक तथा सहभागी सबैलाई धन्यावाद दिए।

एसोसिएसनका अध्यक्ष यादवले छोटो समयमा कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण विद्यार्थी एवम् सहयोगीहरुप्रति आभार प्रकट गरे।

अध्ययनका कारण घर फर्किन नपाएको अवस्था घरमै परिवारसँग बसेर दसैंको टीका थापेको अनुभूति भएको उपस्थित विद्यार्थीहरुले बताएका थिए।

 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने