काठमाडौं– राष्ट्रिय स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशक पदका लागि प्रारम्भिक छनोटमा परेका उम्मेदवारहरूले अाज प्रस्तुति दिएका छन्।
निर्देशकको सिफारिस समितिले छनोटमा परेकाहरुले कार्यकारी निर्देशकमा नियुक्ती गर्नुका कारण, योजना, बिमा बोर्डको निर्देशक भएपछि गर्ने काम लगायतका विषयमा पावर पोइन्ट प्रस्तुती भएकाे थियाे। बोर्डले दिएको जानकारी अनुसार आजको प्रस्तुतीकरण साढे १२ बजे लोक सेवा आयोगको कार्यालयमा सम्पन्न भएकाे छ।
प्रस्तुतीकरण दिनेले भोली 9 पनि दिनुपर्ने हुन्छ।
निर्देशकको सिफारिस समितिले आवेदन दिएका ७ जनामध्ये ५ जनाको नाम प्रारम्भिक छनोट गरेको छ। समितिले एक नम्बरमा डा सतिस कुमार देवको नाम सिफारिस गरेको छ। त्यसपछि क्रमश श्रीमान कार्की, शैलेस कुमार मिश्र, दामोदर बसौला र रमेश कुमार पोखरेलको नाम सिफारिस गरेको छ।