नर्सिङ

नर्स पुष्पा क्षेत्रीको सम्झनाः  पोस्टमार्टम गर्न गाउँलेले मलाई दबाब दिएको त्यो दिन


काठमाडौं– मेडिसिटी अस्पतालकी नर्सिङ डिरेक्टर नर्स पुष्पा क्षेत्री २०४२ सालदेखि नर्सिङ पेसामा निरन्तर लागिरहेकी छिन्। तीन दशक भन्दा लामो नर्सिङ यात्रामा विभिन्न अस्पतालमा काम गर्दै थुप्रै अनुभव संगालेकी छन् उनले। काम गर्दै जाँदा उनलाई धेरै कुरा सिक्ने मौका मिल्यो। हरेका चुनौतीको सामाना गर्दै जाँदा सफलता मिल्छ भन्ने विश्वास पनि छ उनलाई। 

पहिलोपटक नर्स भएर जब अर्घाखाँची जिल्ला अस्पतालमा पोस्टिङ भयो, त्यहाँ पुष्पाले निकै सास्ती भोग्नु प¥यो। कहिले पनि दाउरामा खाना नपकाएकी पुष्पाले पहिलो पटक दाउरामा खाना पकाएर खानु प¥यो। न बिजुलीको सुविधा न त टेलिफोन। कसैसँग कुरा गर्नुप¥यो भने घटौं हिडेर सदरमुकामसम्म जानुपर्ने बाध्यता थियो। अस्पतालको क्वार्टरमा सानो छोरो लिएर एक्लै बस्नु पर्दा सुरुसुरुमा डर पनि लाग्थ्यो तर पछि बस्दै जाँदा बानी पर्न थाल्यो। 

जिल्ला अस्पतालमा अनमी, हेल्थ एसिस्टेन्टलाई गाइड गर्नुपर्ने जिम्मा थियो उनको। त्यो बेलामा जिल्ला अस्पतालमा अहिलेको जस्तो धेरै नर्स थिएनन्। एक जना स्टाफ नर्स र एक जना डाक्टर हुन्थे। डाक्टर बिदामा बसेको बेलामा अस्पतालको जिम्मा आफैंले लिनुपथ्र्यो। 

एक दिनको घटना अहिले पनि याद आउँछ पुष्पालाई। अस्पतालका डाक्टर बिदामा थिए। अस्पतालको जिम्मा पुष्पामा थियो। दिउँसोको समयमा विष खाएर मृत्यु भएको केस आयो। लास पोस्टमार्टम गर्नुप¥यो भन्दै गाउँले आए। कहिल्यै पोस्टमार्टम गरेको देखेकी समेत थिइनन् उनले। अस्पतालमा डाक्टर थिएनन्। डाक्टर बोलाउन फोन सुविधा पनि थिएन।

गाउँका मान्छे लासलाई नगर परिक्रममा गराएर फेरि अस्पतालमा धर्ना दिन आइपुगे। छिटो पोस्टमार्टम गर भन्दै उनलाई रुनु न हाँस्नु बनाए। त्यो बेला उनलाई निकै डर लाग्यो। अब कहाँबाट बोलाउने डाक्टर, फसाद प¥यो। त्यो घटना सम्झँदा अहिले पनि झसंग हुन्छिन् पुष्पा।

पछि एक जना अस्पतालको एचए दाइले गुल्मीबाट डाक्टर बोलाएपछि लासको पोस्टमार्टम गरी परिवारको जिम्मा लगाइदिएकी थिइन् उनले। त्यो घटनाले उनलाई नर्स भएपछि हरेक चुनौतीको सामान गर्न तयारी अवस्थामा बस्नु पर्छ भन्ने पाठ सिकायो। 

स्टाफ नर्स हुँदा गर्भवती भएको अवस्थामा पनि रातिको ड्युटी गर्नुपरेको थियो पुष्पालाई। राति ड्युटी गर्नु पर्दा निकै गाह्रो हुन्थ्यो। त्यसैले उनी सोच्ने गर्थिन्, यदि मलाई इन्जार्च हुने मौका मिल्यो भने यस्तो अवस्थाका बहिनीहरुलाई सहयोग गर्छु। उनी भन्छिन्, ‘पहिला स्टाफ नर्स हुने बेलामा गर्भाअवस्थामा पनि राति काम गर्नुपथ्र्यो। त्यो बेलामा यदि कुनै दिन  इन्चार्ज हुने मौका मिल्थ्यो भने गर्भअवस्थाका बहिनीहरुलाई हेर्नेछु भन्ने सोच्ने गर्थें।’ अहिले उनी आफू इन्चार्ज भएपछि ८ महिनाका गर्भावस्थाका बहिनीहरुलाई सजिलो वार्डमा सिफ्ट गर्छिन् र सकभर रातिको ड्युटी नपार्ने कोसिस गर्छिन्। 

उनलाई सबैभन्दा ठूलो धर्म निःस्वार्थ भावले बिरामीको सेवा नै हो भन्ने लाग्छ। ‘मनैदेखि सेवाभावले काम ग¥यो भने धर्म गर्न अन्य ठाउँमा जानै पर्दैन,’ उनी भन्छिन्।

वीर अस्पतालमा आइसियूमा काम गर्दाताका बेस्ट नर्सिङ स्टाफ भनेर गोल्ड मेडल समेत हात पार्न सफल भइकी थिइन् पुष्पा। यस्ता मेडलले काम गर्न थप हौसला प्रदान गर्छ जस्तो लाग्छ उनलाई। आफूले सकुन्जेल यही पेसामा सर्मपित हुने इच्छा छ, पुष्पाको। 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने